न्युयोर्कमा हुने ब्यापार मेलाको तयारी तिब्र, जुन १५ सम्म स्टल बुकिङ गर्न पाइने ।

0
377

जेठ २२ काठमाण्डौ प्रकाश चन्द्र दाहाल । अमेरीकाको न्युर्योकमा आगामी सेप्टेम्बरमा हुने नेपाली हस्तकलाका बस्तुहरुको बृहत प्रदर्शनीको तयारी तीब्र गतीमा भैरहेको छ । मेलाको आयोजक वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले दिएको पछिल्लो जानकारी अनुसार सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म चल्ने मेलामा सहभागीहुन नेपाली उद्यमीहरुले उल्लेख्य मात्रामा चासो राख्दै स्टल बुकिङ गराइरहेका छन् ।world business management आयोजकका अनुसार बाँकी रहेका सिमित स्टलको बुकिङका लागि जुन १५ तारिख सम्मको समय दिइएको छ । मेलामा नेपाली हस्तकलाका सामानहरुलाई उच्च प्राधमीकता दिइएको वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले सञ्चार खवरलाइ जानकारी दिनुभयो । रेग्मीका अनुसार आज सम्ममा नेपालबाट २ सय भन्दा धेरै उद्यमीले स्टल बुकिङ गरी सकेका छन् । बाँकी रहेको केही स्टल पनि नेपाली उद्यमीलाई प्राथमिकताका साथ दिइने रेग्मीको भनाई छ । विश्वको सर्वशक्तिमान राष्ट्र अमेरीकाको ब्यापारीक केन्द्र न्यूर्योकको म्यानहटनमा हुने बृहत प्रर्दशनीबाट नेपाली छाला तथा बस्तुजन्य उत्पादनले अन्तराष्ट्रिय बजार बिस्तार गर्ने महत्वपुर्ण अवसर भएको नेपाली ब्यबसायीको बुझाई रहेको छ । यता हस्तकला महासंघले पनि मेला नेपाली उद्यमीहरुका लागि सुनौलौ अवसर भएको भन्दै सहभागीताका लागि आयोजकसंग छलफललाई तिब्रता दिएको छ । हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले सञ्चारखवरसंग कुरा गर्दै आयोजकसंग मेलाको बिषयमा छलफल भैरहेकाले दुइ चार दिन भित्रै सहभागीताको कुरा टुङिगिने बताउनु भएको छ । शाक्यले आयोजकका कतिपय सर्त रामो भए पनि महंगो भएकोले सहभागीको शुल्क कम गराउने पक्षमा महासंघ रहेको बताउनु भएको छ । यदि हस्तकला महासंघ र आयोजक वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट बिच सहमती भए मेला भब्य हुने ब्यबसायीहरुले बताएका छन् ।