जेठ २२ काठमाडौँ । विभिन्न जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएका किराँती समुदायले राजधानीको टुँडिखेलमा आज ‘साकेला नाच्दै साकेला पर्व मनाएका छन् । प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोलको तालमा गीत गाउँदै साकेला नाचेर रमाईलो गरेका हुन । किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अनिकाल नहोस् भनी साकेला नृत्य गर्ने गरेको परम्परा रहिआएको छ ।
काठमाण्डौको टुडिखेलमा भएको कार्यक्रममा हजारौ युवा युवतीको सहभागीस्ता रहेको छ । टुडिखेलको कार्यक्रमका कारण आसपासको सडकमा सवारीको जाम भएको थियो ।