कांग्रेसको अबरोधका कारण संसद बैठक स्थगित

0
580

काठमाडौँ, २२ जेठ । रातो किताब बितरण नगरेको बहानामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्को बैठक अबरुद्ध पारेको छ । कांग्रेस सांसदहरुले बैठकमा होहल्ला गरे पछि सभामुखले बैठक केहिबेरका लागि स्थगित भएको घोषण गर्नु भएको थियो ।

प्रमुख प्रतिपक्ष दलका सांसदले बैठकमा बजेटमा समावेश आयोजना र कार्यक्रम रातारात फेरबदल भएको आरोप समेत लगाएका छन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले विनियोजीज बजेट र योजना समेटिएको भाग १ रातो किताब नबाँडिएकामा आपत्ति व्यक्त गर्दै रातो किताबमा रातारात किताब फेरबदल गर्ने काम भएको भनी आपत्ति व्यक्त गर्नुभएको थियो ।

सांसद बलायरको भनाइपछि योजना आयोगबाट पुस्तिका प्राप्त भए पनि केही कुरा सच्याउनुपर्ने भनेकाले समय लागेको सभामुखले बैठकमा जानकारी दिनुभयो ।

त्यसपछि सभामुखले बोल्न समय दिएपछि काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्थमन्त्रीले बैठकमा सांसदलाई वितरण गर्छु भनेको रातो किताब बाँड्न नसक्ने हो भने कि माफी माग्नुप¥यो नत्र भए संसद् चल्न नसक्ने चेतावनी दिनुभयो ।

प्रमुख सचेतक श्रेष्ठले संसदको बैठक एक घन्टालाई स्थगन गरेर भए पनि किताब उपलब्ध गराउन अडान राखेपछि सभामुखले आधा घन्टाका लागि सदन स्थगन गर्नुभयो ।