सबै माओबादि एक हुनुको विकल्प छैन : बादल

0
580

जेठ २२ सिन्धुली । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले राष्ट्रिय अखण्डतालाइृ बलियो बनाउन सबै माओबादि पार्टि बिच एकताको खाँचो रहेको बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले वैदेशिक हस्तक्षेप विरुद्ध, राष्ट्रिय अखण्डताको रक्षा र जनजीविकाका विषयमा पार्टी एकता भएको बताउनुभएको हो ।
माओबादि केन्द्रका अर्का असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले ल्याएको बजेट सकरात्मक भएको र आफूहरुले सकारात्मक तवरले समर्थन गर्दैआएको बताउनुभयो । नेता श्रेष्ठले बजेटको खुलेर प्रसंसा गर्नु भएको थियो ।