पेट्रोलियम सवारीको बिकल्पमा बेला मोटर्सले ल्यायो वाताबरणमैत्री सवारी,ग्राहकको डिमाण्ड हाई।

0
956

संबिधान जारी भएसंगै भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलीयम पदार्थको चरम अभावका कारण नेपालीहरुको दैनिक जनजिवन अस्तब्यस्त बनेपछि पेट्रोलियम पदार्थको बिकल्प खोजीनु पर्ने बहस नभएका होइनन् । तर हिजो आज बिकल्पका कुरा सुन्न गाहे पर्न थालेको छ । पेट्रोलीयम पदार्थको एक मात्र विकल्प भनेको बिद्युतिय सवारी नै हो । राज्यले त्यती धेरै प्राथमिकता नदिए पनि नीजि क्षेत्रबाटै बिद्युतिय सवारीको आयात ब्यापार गर्ने क्रम बढेको छ । यो संगै चिनमा बनेको इटालीयन ब्राण्डका बिद्युतिय दूइ पाङग्रे सवारीको ब्यापार सुरु गरेको बेला मोटर्स प्रा ली ले । नेपालमा बिद्युतिय सवारीको ब्यापार र अहिलेको अवस्थाका बिषयमा हामीले बेला मोटसै प्रा लि का प्रमुख कार्यकारी अधिकृत बिजय कुमार रायसंग सञ्चार खवरका प्रकाश चन्द्र दाहालले गरेको कुराकानी । DSC00013
नेपालमा बातावरण प्रदुषण,धुलो धुवाको अवस्था र पेट्रोलियम पदार्थको अभाव भएको अवस्थामा तपाईहरुले यो इलेक्ट्रीक बाइकको ब्यापार सुरु गर्नु भा छ, यसको कन्सेप्ट चाँही कसरी आयो ?
यस बिषयको करिब करिब कन्सेप्ट हामीले पहिले देखी नै सोचिरहेका थियौ । पछिल्लो समयमा नेपालमा भएको भुकम्प,त्यस्तै नाकाबन्दीले गर्दा पेटे«ालको अभाव सिर्जना भएको थियो । त्यो अभाव आफ्नो ठाउँमा छ, अर्को कुरा बातावरण मैत्रीको सम्बन्धमा यस्को धेरै फाईदाहरु छन् जस्तो नोइजलेस भयो,पोलुसन नहुने साथै अप्रेटिङ सिस्टम पनि धेरै राम्रो छ । अब किनी सकेपछि यस्लाई कसरी मेन्टेन गर्ने भन्ने कुरा हो । यसको मुल्य सगंसगैं अप्रेटिङ कस्ट पनि एकदम न्युन छ । त्यसैले यस्को पर्फमेन्स पनि राम्रो छ । एक पटक फुल चार्ज गरेपछि १०० कि.मि. सम्म ड्राईभ गर्न पुग्छ । यो चार्ज हुनको लागि ६ देखि ८ घण्टा सम्म लाग्छ । यसमा ईलेक्ट्रिसिटी खपत भनेको चाहिँ दुई देखि अढाई युनिट सम्म हो । त्यसैले सबै हिसाबले लाग्यो की नेपाली बजारमा यो सेवा प्रभाबकारी बन्न सक्छ । यो सुरुवात भईकन र कस्टोमरहरुले प्रयोग गरिकन धेरै सन्तोषजनक प्रतिक्रिया पनि आईरहेको छ । अहिले सम्मको नतिजा पनि रामै्र पाएका छौ । कस्टोमरहरुले आफैँ पब्लिसिटी पनि गर्नुहुन्छ ।DSC00014

तपाईहरुले बिद्युतिय बाईकको सेल्स सुरुवात गर्नुभएको छोटो समय मात्र भएको छ,यहा भिजिट गर्न आउने ग्राहकहरुको प्रतिक्रिया कस्तो पाउनु भा छ ?
अवश्य पनि,सुरुमा आउने प्रत्येक कस्टोमर,भिजिटरको प्रश्न त्यहि हुन्छ कि यसको सर्भिसिङ्ख कहाँ छ,कस्तो छ भन्ने । अहिलेको ग्लोबल मार्केटमा “कस्टोमर इज द बोस” । किनकी कस्टोमरहरु चनाखो भैसकेका छन् । जहाँ सर्भिसिङ्ख राम्रो हुन्छ त्यहि कस्टोमरहरु पुग्छन्, यदि सर्भिसिङ राम्रो छ तर ब्यापारीहरुको ब्यवहार राम्रो छैन भने कोहि आउँदैनन् त्यसैले हामिले मेन “ थ्रि एस” लाई फोकस गर्न खोजेका छौ । यो भनेको सेल्स,सर्भिस एण्ड स्पेएर हो । यसैलाई फोकस गरेर हामीले अल नेपालमा यस्को मार्केटिङ सगैं सर्भिस पनि सुरु गर्दैछौ । भरखरै पत्रिकामा हामीले प्रचार पनि छपायौँ । २० ठाँउको लागि मार्केटिङ पनि सुरुवात भैसकेको छ । धेरै ठाँउ बाट प्रपोजल पनि आईसकेको छ । यसलाई हामी हप्ता दिन देखिसुरु गर्छौ । सायद यो दुई महिना भित्रमा अल नेपालमा यसको नेटवर्किङ सुरु हुन्छ, जहाँ जहाँ अपलिफ्ट हुन्छ, त्यहाँ वेल ईक्विप्ट हुन्छ । DSC00018
प्रयोग गर्ने ग्राहकहरुको गुनासाहरु के कस्ता छन् ?
गुनासाहरु खासै आएका छैनन् । उहाँहरुले फुल डेलीभरी दिने बेलामा राम्रो चेक लिस्ट लिने गर्नु हुन्छ । पेट्रोल प्रयोग हुने सवारी भन्दा यो फरक छ त्यसैले यस्को स्विच अन अफ कति बेला गर्ने भन्ने कुराहरु हामी सिकाएर पठाएका हुन्छौ । सुरुमा अलि गाह्रो हुन्छ २,४ दिन चलाए पछि बिस्तारै बानी हुन्छ र हामी चाहन्छौ की प्रत्येक ग्राहकको प्रतिक्रियालाई हामी सम्बन्धकोरुपमा लिएर अघि बढ्छौ । ६ महनिा पछि हामीले नेपालमा बिद्युतिय गाडी पनि ल्याउँने योजना बनाएका छौ ।
नेपालमा बिद्युतिय सवारी बिक्री गर्न चुनौती देखिन्छ,जहाँ पेट्रोल इन्जीन भएका सवारी चढ्ने बानी परेका मान्छेहरु धेरै छन् यो बीचमा प्रबद्र्धन गर्न के कस्ता रणनीतिहरु अबलम्बन गर्दै हुनुहुन्छ ?
भरखरै भएका घटनाले नेपालीहरुमा धेरै सचेतना आइसकेको छ । पेट्रोल इन्जीनवाला एउटा सवारी भएपनि विकल्पको रुपमा अर्को बिद्युतिय सवारी घरमा राख्नु पर्छ र सरकारी निकायले पनि यो ब्यबस्था गरिदियो भने अझै सजिलो हुने छ । हामी ब्यापारी त निरन्तर छंदैछौ सरकारले पनि एक प्रतिशत मात्रै भन्सार लगाइदियो भने जुनसुकै उत्पादनलाई बजारमा पुर्याउन सजिलो हुन्छ । राज्यले नीति राम्रो ल्याइदियो भने हामीलाई ब्यापार गर्न सजिलो हुन्थ्यो । भरखरे आएको बजेले पनि राम्रै नीति लिएको देखिन्छ यस्मा पनि सरकारी निकायबाट हामीले आसा गरिरहेका छौ । आज भन्दा २ महिना अगाडी पनि यातायात ब्यबस्था बिभागले नीति ल्याएको थियो हरेका बिद्युतिय सवारी १५ दिन भित्र दर्ता भै सक्नु पर्ने छ भन्ने तर सोही बिभाग हेर्ने मन्त्रालयले स्विाकार नगर्दा यो निर्णय आफै अन्यौलमा छ त्यसैले सरकारले पनि के कस्तो हुनछ ठोस नीति चाँडो भन्दा चाँडो ल्याइ दियो भने राम्रो हुनेथियो । त्यस पछि उपभोक्तापनि ढुक्क हुने थिए अहिले सबै अन्यौलमै छौ । DSC00019
यो बिद्युतिय सवारीको ब्यापार बेला मोटर बाहेक अन्यले पनि गरिरहेका छन् तपाईहरुले चाही सवारी दर्ता गराउन,नीति नियम बनाउनुपर्छ भन्ने पक्षमा कत्तिको रहनुभएको छ ? मन्त्रालय र ब्यापारीको बिचमा समन्वय छ की छैन ?
छ हाम्रो सबैसंग समन्वय भैरहेको छ । कसरी अगाडी बढ्ने भन्ने बिषयमा हामी ब्यापारीहरु बीच एक आपसमा छलफल भैरहेको छ । अथवा सरकारसंगै लड्नु पर्छ की भनेर पनि सोच्दै छौ । देशको लागि हामीले राम्रौ सन्देश दिन खोजेको हो । सरकारले बजेटमा पनि सकारात्मक ब्यबस्था गरेको छ तर कार्यान्वयन पक्ष कम्जोर हुंदा अन्यौलता कायमै छ । दर्ता प्रकृया र ब्यबस्थीत नियम भएमा ब्यापारी र उपभोक्ता सबैलाई राम्रो हुन्थ्यो ।
बिद्युतिय सवारी त्यति टिकाउ हुंदैनन् भन्ने बजारमा हल्ला फैलिएको छ,स्पेयर पार्टसमा पनि महंगो पर्छ भन्ने भ्रमलाई कसरी चिर्नु हुन्छ ?
तपाइले एकदमै राम्रो कुरा गर्नु भयो,हामीले थ्रि यस को मोडललाई नै फोकस गर्ने हो । किन भने हामी बेला मोटर्समा मात्र सिमित नभएर नेपाल भरी यसको नेटवर्क फैलाउनु छ । त्यसैले हामीले एउटा सानो नट पनि बाहिर बाट ल्याउनु पर्दैन सबै हामीसंग हुन्छ । यो बेला मोटर्स इटालियन कोलाब्रेसन हो जुन चाइनामा बन्छ । अब हामी नेपालमै यस्को एसेम्ब्ली प्लान्ट बनाउंदै छौ । त्यसकारण हामीले लार्ज स्केलमै काम गर्ने योजना बनाएका छौ । त्यसको लागि हामीसंग ए टु जेट पार्ट हुनै पर्छ र छ पनि ।
भने पछि उपभोग्ताहरुले ढुक्कले बिद्युतीय बाइक किन्दा हुन्छ ?
उपभोक्ताले दुख पाउने कुरै छैन कम्पनीले एक बर्ष सम्मको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ । यसको मिनीमम लाइफ भनेको ३ बर्ष सम्म छ यदि पछि ब्याट्रिसेट नै चेन्ज गर्नु पर्ने भयो भने त्यसमा ६ वटा ब्याट्री हुन्छ त्यसको लागि जम्मा छब्बीस हजार मात्रै पर्छ यो धेरै सस्तो हो मंहंगो छैन ।
यहाँको कुरा सुन्दा बेला मोटर्ससंग सम्पुर्ण पार्टसहरु रहेछन् बजार प्रबद्र्धन कसरी गर्दैहुनुहुन्छ ? अहिले सम्म कतिवटा बाईकहरु बिक्री गर्नु भयो र बुकिङ कस्तो छ ?
हामीले सुरुवात गरेको भरखरै एक महिना भयो,बैशाख २३ गतेबाट सुरु गरेको ब्यापार एक महीना हुंदा हामीले पाएको रेस्पोन्स एकदमै राम्रो छ । अहिले सम्म स्कुटरमा सैतिसवटा फरक मोडलमा बिक्री गरीसकेका छौ । ५ वटा स्कुटर र २१ वटा ठूलो बाईक बुकिङ भैसकेको छ । हामीले बाईक चै १—१ पिस मात्रै ल्याएका थियौ डिस्प्लेको लागी । त्यसलाई हामीले बजारमा बिक्री गरेका छैनौ । बाईकहरु सेकेन्ड लट देखि बिक्रीमा आउंदै छ ।
यो स्कुटर र बाईक पनि बिभिन्न वाटका हुंदा रहेछन् तपाईहरुसंग कति वाट सम्मका उपलब्ध छन् ?
हामीसंग हजार वाटको छ,दुइ हजारको छ,पन्ध्रसय वाटको पनि आउनेवाला छ । त्यसैले प्रत्येक मोडलमा हजार वाटका छन् कतिवाटको चढ्ने भन्ने ग्राहकको इच्छामा भर पर्छ । उपभोक्ताहरुको रोजाइलाइ हामीले ध्यानमा राखेका छौ । हेर्न आउनेले कुनै न कुनै मोडल मन पराइ हाल्नु हुन्छ ।
यस्को बजार मुल्य त पेट्रोल इन्जिनको भन्दा खासै फरक छैन भन्ने गुनासा छन्, मुल्य किन महंगो पर्यो ?
उस्तै उस्तै होइन पेट्रोल इन्जीन भन्दा मुल्य धेरै नै कम छ । पेट्रोल इन्जीनले गर्ने काम यसमा ब्याट्रीले गर्छ,त्यसैले त्यो कस्ट हेर्दा इन्जीनको मुल्य भन्दा यसको मुल्य निकै कम पर्छ । बजार मुल्य पनि फरक छ । हामी कहाँ एकलाख तीस हजारमा पाइने स्कुटर पेट्रोल इन्जिनमा खोज्नु भयो भने एक लाख असी हजार भन्दा माथिको मुल्य पर्न जान्छ कसरी बिद्युतिय सवारी महंगो भयो ? यो त एक दम सस्तो छ । एक पटक फुल चार्ज गर्न २.५ युनिट बिद्युत खर्च हुन्छ त्यो भनेको मात्रै २२ रुपैया हो जसबाट एकसय किलो मिटर दौडन पाइन्छ भने त्यो त सितौमा भएन र ?
जस्लाई पेट्रोल इन्जीनवाला बाइक चढ्ने बानी परेको छ त्यसता ग्राहकलाइ कसरी बिद्युतीय चढ्नु पर्छ भनेर कन्भीन्स गर्ने ?
वाताबरणमैत्रीको कुरा पनि हामीले गर्याै,एक पटक सोरुम भित्र जो आउनु हुन्छ उहाँहरुलाई एक पटक टेस्ट ड्राइभ मात्रै भए पनि गराउँछौ,किन भने एक पटक चढेपछि उहाँले थाहा पाउनु हुन्छ की कति कम्फर्ट छ भनेर । जो यहाँ आएर चढ्नु हुन्छ उहाँले आफुले नकिने पनि अरुलाई सुझाव दिने गर्नु हुन्छ । हामीले मुख्य गरी युवापुस्तालाई फोकस गर्न खोजेका हौ ।