अमेरीकामा हुने ब्यापार मेला प्रति हस्तकला महासंघ उत्साहित,मेलालाई प्रोत्साहन गर्ने अध्यक्ष शाक्यको भनाई ।

0
897

जेठ २५ काठमाण्डौ, आगामी सेप्टेम्बरमा अमेरीकाको न्युयोर्कमा हुने नेपाली हस्तकलाका समान तथा बस्तुहरुको बृहत प्रदर्शनीमा नेपालबाट सहभागी हुनेहरुको उल्लेख्य सहभागीता रहेको आयोजकले दाबि गरिहदा हस्तकला महासंघमा आबद्ध भएका ब्यापारीहरुको चासो बढेको छ । पछिल्लो समय विनासकारी भुकम्प र नाकाबन्दीको मारमा परेको साना तथा घरेलु उद्योगहरुका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने मौकाको रुपमा हेरीएको मेलामा हस्तकलासंबद्ध कति ब्यबसायीले कसरी संलग्नता जनाउँदै छन् भन्ने सबैको चासोको बिषय हो । प्रस्तुत छ यहि बिषयमा सञ्चार खवरका प्रकाश चन्द्र दाहालले हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यसंग गर्नु भएको बिशेष कुराकानीको संपादित अंश ।

यतिबेला नेपालमा उद्योगहरु धरायसी भएको अवस्थामा पछिल्लो समयमा साना उद्योग तथा घरेलु उद्योगको अवस्था कस्तो छ ? हस्तकलाको अवस्था कस्तो छ ?
देशको परिस्थिती अनुसार आजकाल धेरै उद्योगधन्दाहरुमा असर परेको छ । भुकम्प पछि बिशेषगरी नाकाबन्दीले गर्दा हाम्रो ब्यापार चौपट नै भयो । एकातीर सरकारले पनि आफ्नो नीतिलाई लागु गर्ने काम गरेको छैन । त्यसैले ब्यापार जुन रेसियोमा चल्नु पर्ने थियो त्यति राम्रो चल्न सकेको छैन । हुनत हाम्रो हस्तकलाको निर्यात अरु उद्योगहरुको दाँजोमा त्यति धरासाय बनेको छैन । त्यसैले हामीले त्यति आत्तीहाल्नु पर्ने हाल्नुपर्ने अवस्था भने छैन ।DSC00007

त्यसोभए हस्तकला ब्यवसाय अहिले सन्तोषजनक अवस्थामा चलिरहेको छ?
पूर्ण रुपमा सन्तुष्ट त हुन सकेको छैन,किनकी सरकारले पनि रामे्रासंग ध्यान दिईरहेको छैन र ल्याएको नियमलाई पनि लागू गरेको छैन । सरकारले यो कुरा बुिझदीनेहो भने अरु उद्योगधन्दामा भन्दा यसमा धेरै राम्रो उपलब्धि हुनेथियो ।
यो समयमा बिभिन्न अबरोधले लगभग २५प्रतिशतले गिरावट आएको छ । त्यसले गर्दा स्वदेशी ब्यापारमा पनि असर पर्यो ।
हामीलाई चाहिने घरेलु बस्तुहरु हस्तकला उत्पादन गर्नुपर्दा हामी आफैमा आत्मनिर्भर छौँ या यसको लागि पनि दोस्रो देशको भर पर्नुपर्छ?
अधिकांश हस्तकलाका कच्चा पदार्थहरु स्वदेशमै उत्पादन गरिन्छ । लगभग ८० प्रतिशत सामाग्रीहरु स्वदेशमै उत्पादन हुन्छ । २० प्रतिशत मात्रै हामी बिदेशी बजारमा निर्भर रहन्छौँ ।यति हुदाँ हुदैँ पनि सरकारले राम्रो नियम ल्याउन नसकेको र आवश्यकीय सुबिधाहरु दिन सकेको छैन । त्यसैले भएका कच्चा पदार्थलाई पनि हामीले सदुपयोग गर्न सकिरहेका छैनौ । जसले गर्दा एउटा गुणस्तरीय कच्चा पदार्थ ब्यवसायीले पाउन सकेका छैनन् । हामी संग प्राकृतिक फाइबरको कच्चा पदार्थहरु पनि प्रशस्तै छन् तर ति सबै खेर गैरहेका छन् । जस्तो बनाना फाईबर,अल्लेगोरि फाईबर आदि सबै खेर गैरहेका छन । उता जिल्ला जिल्लामा सबै खेर गैरहेका छन भने यता त्यहि नपाएर ब्यवसाय नै धरापमा परिरहेका छन् । परम्परागत हस्तकला जस्तै पुष्पकला,काष्ठकला नेपालभरी पाईन्छ तर आफैले बनाउन पाएको छैन । यो सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न हामी ब्यवसायीहरुले मात्र प्रयास गरेर हुदैन, त्यसको लागि सरकारले पनि ब्यवस्थित निती नियम लागू गरिदिनु पर्छ ।
तपाईहरुलाई सरकारले के गरी दियो भने राम्रो हुन्छ,बुंदागतरुपमा भनी दिनुस् त ?
नं. १ मा त हामीलाई कच्चा पदार्र्थ दिन सहयोग गरिदिनु पर्यो । कानूनी झन्झटबाट मुक्त गरीदिनु पर्यो ।
नं.२ हाम्रो प्रबिधि परम्परागत जस्तो मात्रै भयो,अबहामीले प्रतिस्पर्धा गर्नु पर्छ । भारत र चीनको जस्तो ठूला साधनहरुसंग प्रतिस्पर्धा गर्नु पर्छ । हरेक क्वालिटी देखि लिएर हरेक साधनहरुसंग प्रतिस्पर्धा गर्नु पर्छ,तिनीहरुसंग प्रतिस्पर्धा गर्नको लागि हामीलाई आधुनिक प्रबिधिको आवश्यकता पर्छ । त्यो प्रबिधि भित्रयाउनको लागि सरकारले भञ्सार छुट दिने र आर्थिक अनुदानका लागि ल्याईने सामाग्रीका लागि वाताबरण सहज बनाई दिने हो भने प्रबिधिमा पनि हामी अघि बढ्न सक्छौ ।world business management
नं.३ नेपालमा इन्सेन्टीभको ब्यबस्था गरिएको छैन । भारत चीन लगायत सबै देशमा इन्सेन्टिभ दिने चलन छ । हाम्रोमा चाँहि २ प्रतिशत मात्रै छुटको ब्यबस्था गरेको छ त्यो पनि उद्योगले मात्रै पाउने । उद्योगले निर्यात गर्छ तर कम्पनीहरुले निर्यात गर्न पाउँदैन जस्ले गर्दा इमान्दार निर्यातकर्ताहरुले समेत सुबिधा पाएका छैनन् ।
नं. ४ अर्को कुरा हामीसंग दक्ष कामदार छैनन् । कुनै इन्टिच्युटबाट तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकेका छैनौ ।
हस्तकला क्षेत्रमा अहिले कतिवटा उद्योगहरु सञ्चालनमा छन् ?
यसको डाटा ठ्याक्कै भन्न गाहे छ । सरकारले आधिकारीक डाटा दिएको छैन । युनेस्कोले एक पटक उपलब्ध गराएको डाटामा एघारलाख मानिस हस्तकला क्षेत्रमा आश्रीत रहेको तथ्यांङक दिएको थियो त्यसैका आधारमा हामीले काम गरिरहेका छौ । हामीसंग सदस्यको हिसाबले हेर्दा पन्ध्र सय जना छन् । खासमा उद्योगमा दर्ता भएका,वाणिज्यमा दर्ता भएका र ब्यक्तिगत सदस्य भनेर कलाकार र कालिगडलाई पनि सदस्यता दिएका छौ । त्यो डाटाले मात्रै पुरै नेपाललाई समेट्न सक्दैन त्यो तथ्याङक चै सरकारबाटै उपलब्ध हुनु पर्यो ।
सरकार र हस्तकला ब्यबसायी बिचमा समन्वय नहुंदा अन्योल भएको देखियो कम्जोरी कस्को ?
वास्तवमा भन्दा दुबै पक्ष बिच समन्वय हुन सकेको छैन भन्दा पनि हुन्छ । कीनकी सरकारले आफ्नै हिसावले काम गरेको छ, हामीसंग त्यती समन्वय नगरेको पनि होइन तर पर्याप्त छैन,जुन किसीमबाट प्रतिनिधित्व हुनु पर्ने त्यो हुन सकेको छैन ।
ओली सरकारले ल्याएको बजेटले हस्तकला ब्यबसायी कत्तिको उत्साहित छन् ?
यो बजेटबाट हामी उत्साहित हुन सकेनौ तर पनि हामी सरकारसंग पुरै नेगेटिभ भने छैनौं । हाम्रा कुरा पनि समेट्न हामीले बारम्बार भनेका थियौ तर पनि हाम्रो कुरा बजेटमा परेनन् । बजेटले सबैपक्षलाई समेटे पनि बजेट अपूर्ण छ भन्ने हाम्रो निश्कर्ष हो ।
बजेटमा सरकारले तपाईहरुको के के कुरा समेट्नु पर्थो जस्ले गर्दा तपाईहरुको माग पुरा हुन्थ्यो ?
बजेटले हाम्रो दायरा निर्धारण गर्नु पथ्र्यो,यसको महत्व कतीसम्म छ,यो कति मुलुकसम्म निर्यात भैरहेको छ,आर्थिकरुपमा,रोजगारीको क्षेत्रमा कति भूमिका खेलेको छ,भन्ने जस्ता कुरालाई ध्यान दिएको भए राम्रो हुन्थ्यो । किनभने यो क्षेत्र भनेको निर्यात वेस उद्योग हो । हामी जहिले पनि उत्पादनलाई निर्यात गराउनै फोकस हुने गरेका छौ । त्यसपछि मात्रै आन्तरीक बजारमा पठाउँछौ । यो निर्यात गर्ने कुरा हामी ब्यबसायीको लागि भन्दा राष्ट्रको लागि गौरबको कुरा हो । हाम्रो उत्पादनले नेपाली सांस्कृतिक र धार्मीक कुराको पनि प्रचार प्रसार गरिरहेको हुन्छ । बिदशी पर्यटकहरु नेपाल आउनुको पछाडी कि त सगरमाथा हेर्न आउंछन् की त बुद्ध जन्मेको देश भनेर आउने गरेका छन् । यो स्वत प्राप्त भएको हो । बुद्ध २६ सय बर्ष पहिला जन्मीएको फाइदा भयो भने नेपालीले आफैले सृजना गरेर लिने कला भनेको हस्तकला नै हो । यस्लाई बिकास गर्न सकियो भने देशको महमिा बढाउन सकियो भने त हामीले पनि केही गर्न त सकियो । त्यो हिसाबमा देशलाइ अघि बढाउन सरकारले सन्तुलित बजेट ल्याउनु पथ्र्यो ।
तपाइहरुको उत्पादन निर्यातमुखि हो भने यसको कति प्रतिशत बजार नेपाल हो र कति बाहिर ?
ठ्याक्कै तथ्याङक त भन्न गाहे हुन्छ किनकी कुन सालमा कति बाहिर जान्छ भन्ने कुरा डाटामा तलमाथि हुनसक्छ । तर ७० प्रतिशत बाहिर जान्छ र ३० प्रतिशत नेपालमा खपत हुन्छ ।
त्यसो भए नेपाली हस्तकलाका उत्पादनले अन्तराष्ट्रिय माग पुरा गर्न सकेको छैन ?
हो सकेका छैनौ त्यसको मुख्य कारण हामीले जनशक्ति बढाउन सकेका छैनौ । प्रबिधिमा सुधार गर्न सकेका छैनौ । समयमा हामीले गुणस्तरीय कच्चा पदार्थ नै पाउँदैनौ यी थुप्रै कुराहरुले यो ब्यबसायमा बाधा आएको छ ।
यहि सन्दर्भमा अमेरीकामा हुन लागेको बृहत प्रदर्शनीमा तपाईहरु कसरी सहभागी बन्दै हुनुहुन्छ ? यो पद्रर्शनी प्रति हस्तकला ब्यबसायीहरुको बुझाइ के रहेको छ ?
हामीले कुरा गरिरहेका छौ र मुख्यकुरा हाम्रो हस्तकलाको समानहरु जाने भनेकै धेरै जसो अमेरीका हो । तर यसमा हामी सहभागी हुन जानुपर्ने हुन्छ त्यसमा जानेहरुलाई भिसाको ग्यारेन्टी हुन्छ की हुंदैन ? त्यो कुरा आयोजकले जिम्मा लिन सक्नु पर्यो । हामीले पैसा पनि तिर्ने भिसा पनि नदिने भयो भने त धेरै गाहे हुन्छ । कीनकी नेपालीहरुलाई त धेरैले हेप्ने रहेछन्, भिसा नदिएर हुन्छकी,सामान नराम्रो भनेर हुन्छ की,जे भनेर पनि त्यस्तो वाताबरण बनाउँदा रहेछन् । अब हाम्रो आयोजकसंग छलफल हुंदैछ त्यसमा खर्चको कुरा आइरहेको छ, उहाँहरुले राख्नु भएको मुल्यमा छलफल गर्नु पर्ने हुन्छ र त्यसको ब्यबस्थापन कस्तो छ,प्रचार प्रसार कस्तो छ भन्ने बुझेर हामी निर्णय गर्दैछौ । सम्भवतःहामीले पहिले देखि नै यस्ता प्रदर्शनीहरुलई प्रोत्साहन गर्दै आएका थियौ । यसपटक पनि हामीले अवस्य सहयोग गर्ने छौ ।
त्यसो भए अहिले आयोजकसंग प्रारम्भीक चरणमा मात्रै छलफल भैरहेको छ ?
हो प्रारम्भीक चरणको छलफल भैरहेको छ अन्य चरणमा हामी कुरा गरेर निर्णयमा पुग्छौ ।
अन्तराष्ट्रिय क्षेत्रमा हुने यस्ता मेलाहरुमा सहभागी हुन तपाई उद्यमीहरु कत्तिको उत्साहित हुनुहुन्छ ?
मुख्य कुरा हामी ब्यबसायी भएको कराणले पनि उत्साहित त हुने नै भयौ । त्यसमा चाँहि आयोजकहरुले के कस्तो सुबिधाहरु दिनु हुन्छ उहाँहरुको अफर कस्तो हुन्छ त्यो अनुसार नेपालीले नै आयोजना गरेको हुनाले हामी प्रोत्साहीत गर्दै हाम्रो मुख्य रोजाइका साथ मेलालाई लिएका छौ । कतिवटा स्टल लिने कसरी जाने भन्ने बिषयमा साथिहरुसंग मिलेर सल्लाह गर्दै छौ ।
हाल अमेरीकामा ६६ वटाबस्तुलाई भञ्सार छुटको ब्यबस्था गरिएको छ त्यसले नेपालीहस्तकला क्षेत्रलाई कत्तिको उत्साहित बनाएकोे छ ?
अवस्य पनि नेपाली उत्पादनलाई अमेरीका जस्तो देशले भञ्सार छुटुदिनु हामी सबैको लागि खुसिको कुरा हो । त्यसमा हस्तकलाका सबै सामान त परेका छैनन् त्यसैले यो—यो हस्तुलाई पनि पार्नु पर्छ भनेर पत्राचार पनि गरेका छौ । अहिले हस्तकलालाई पनि बिबिधिकरण गरिसकिएको छ । हस्तकला भन्नाले हातले बनाउने मात्रै भन्दा पनि बिभिन्न किसिमका सामानहरु छन् जस्तो पश्मिना,उडक्राफ्ट,उलक्राफ्ट,प्राकृतिक सामानहरु सबैलाई हामी हस्तकला भन्छौ । यि सबै कुरालाई भञ्सार छुट दिनु पर्यो भन्ने हाम्रो आग्रह छ ।
आयोजकले त हस्तकलाका सामानहरुको अन्तराष्ट्रिय ब्यापार गर्ने ठूलो अवसर हो भनेका छन यो तपाइहरुका लागि ठूलो अवसर हो या समान्य कुरा हो ?
होइन होइन यस्लाई हामीले पनि महत्वपूर्ण इभेन्टको रुपमा लिनु पर्छ । हुनत हाम्रो समानहरु अमेरीका लगायत अन्य मुलुकमा पनि गइरहेको छ । तर त्यतिले मात्रै नपुगेर नेपाल सरकारले पनि गर्नु पर्छ किनकी अन्य मुलुकमा सिंगल कन्टेस्टको रुपमा ठाउं ठांउमा हरेक समयमा भैरहेको हुन्छ तर नेपालमा कुनैरुपमा यस्तो मेलाको आयोजना भएको हुंदैन । त्यसैले यस्तो अवस्थामा अमेरीकामा बस्ने साथीहरुले यो कामको आयोजना गर्नु भयो अव यस्ले मुलुकको अर्थतन्त्रमा बिभिन्न चिजहरुलाइ बिदेशमा चिनाउन महत्वपूर्ण भुमिका खल्छ यस्को लागि हस्तकला महासंघ निकै सकारात्मक छ ।
आयोजकहरुले राखेका बिभिन्न सर्तहरु तपाई ब्यबसायीहरुलाई स्विकार्य छ की छैन ?
उहाँहरुले राखेका केहि सर्तहरु अलिकती गाहे पनि छ,जस्तो भिसा पाएन भने शुल्क फिर्ता नपाउने, सर्भिसचार्जहरु फिर्ता नहुने भन्ने छ त्यो हाम्रो लागि सजिलो छैन । किनभने त्यति त आयोजकले ध्यान दिन सक्नु पर्यो नी । उहाँहरुसंग छलफल भैरहेको छ अब केहि दिनमै निर्णय हुनछ ।