जेठ २५ काठमाण्डौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गए राति सेभ द चौतारा स्थित सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमणको प्रयास गरेका छन् ।
पाँच÷छ जनाको समूहमा आएका माओबादि कार्यकर्ताले चौतारास्थित कार्यालयमा पेट्रोल बम आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा१३च ५९१४ न को स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको प्रहरलिे जनाएको छ ।
माओबादिले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनःनिर्माण र राहत वितरण गर्दैआएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गरेको स्विकार गरेको छ ।
सिमित व्यापारीसँग मिलेर कमिसन लिई जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको, सामानको मूल्य साबिकको भन्दा दोब्बर पार्न लगाएको, र पाँच अर्बभन्दा बढीको काम गरे पनि हिसाब पारदर्शी नभएको र वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकाले आक्रमण गरेको स्विकार गरेको बिज्ञप्तीमा भनिएको छ ।