देश भर खाद्य मेला हुने

0
518

जेठ २५ काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ । स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा स्वच्छ खानाको बारेमा ज्ञान बढाउने उद्देश्यले देशका बिभिन्न स्थानमा खाद्य पदार्थ सहित मेला आयोजना गर्न सुरु गरेको छ ।बिभागको आयोजनामा जेठ २१ र २२ गते ओखलढुङ्गामा सम्पन्न भएको छ भने जेठ २९ र ३० गते सिन्धुली र असार ३ र ४ गते लमजुङमा खाद्य मेला आयोजना गर्न लागिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिनुभयो । खानेबानी सुधारका लागि विभिन्न क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवद्र्धन गर्न विभागले यस्तो अभियान चलाएको जनाएको छ । आगामी दिनमा पनि यस्ता चेतनामुलक कार्यक्रमहरलायृ प्राथमिकताका साथ कार्यन्वयन गर्दै जाने बिभागको योजना रहेको छ ।