संघिय गठबन्धन आज देखि रिले अनसनमा ।

0
426

जेठ २५ काठमाण्डौ । आन्दोलनरत सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी आजदेखि रिले अनशन सूरु गरेको छ । विभिन्न चरणमा तराई र काठमाडौँमा विरोधका कार्यक्रम गर्दै आएको गठबन्धनले सोमबार बिहानदेखि खुलामञ्चमा अनशन सूरु गरेको हो । गठबन्धनले गत महिनाको पहिलो हप्तादेखि राजधानीकेन्द्रित आन्दोलन थालेको थियो । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले गठबन्धनले राखेका माग सुनुवाइ नगरेपछि रिले अनशन बसेको बताउनुभयो । रिले अनशनमा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरत हि भण्डारी लगायतको सहभागिता छ ।