परिश्रमी र पौरखीका उदाहरणीय पात्र : तारा बहादुर

0
957

जेठ २६ काठमाण्डौ । पौरखी र परिश्रम नै जिवनको सफलता हो । जस्ले मेहनत गर्छ त्यसैले जिवनमा सफलता हात पाउँछ भन्ने उदाहरण समाजमा चलन चल्तीमा छ । त्यस्तै उदाहरणीय मध्येका एक हुन तारा बहादुर कुँवर । जस्ले अर्काको घरमा काम गरेर सुरु गरेको आफ्नो जिवन बिना स्वार्थ सफलताको शिखरमा पुग्यो । जुन पात्र नेपालीहरुका लागि उदाहरणीय हुन पुग्यो । सामान्य नागरीकले कुँवरबाट सिक्नुपर्ने कुराहरु धेरै छन जुन तल प्रस्तुत गरिएको छ । प्रस्तुत छ हाल हेब्बी इक्वीप्मेन्ट संघको अध्यक्ष समेत रहनु भएका सफल ब्यक्ति ताराबहादुर कुंवरसँग सञ्चारखवरका प्रकाशचन्द्र दाहालले गरेको कुराकानी ।tara

तपाई आफ्नो नाम तारा बहादुर कुँबरबाट स्थापित हुनुहुन्छ, अझ भनौ सुपरिचीत हुनुहुन्छ, उद्योगि ब्यवसायहरु लगायत ग्राहकहरु बीच पनि लोकप्रिय हुनुहुन्छ, यो सफलताको कसरी पाउनु भयो ?
म बाट जीवनमा कहिले झुटा कुरा भएनन् । यो संसारमै सबैभन्दा सानो मान्छे म हुँ जस्तो लाग्छ । मेरो सबैलाई सम्मान गर्ने बानी छ । चाहे साना होस या ठूला सबैलाई आदर सम्मान गर्छु । यो दुनियामा मेरो दुस्मन भन्ने कोहि छैनन् भन्ने लाग्छ । म आफू पनि सबैलाई माया गर्ने भएकोले होला, मलाई पनि सबैले माया गर्नुहुन्छ । यो सम्पूर्ण श्रेय उहाँहरुलाई नै जान्छ जसलाई म माया गर्छु अनि उहाँहरुबाट पनि पाउँछु ।

त्यसो भए आफ्नो आनीबानी र ब्यवहारको कारण सबैको माझमा लोकप्रिय हुनुहुन्छ ?

हो मैले कुनै पनि मानिसलाई भेटिसकेपछि आफ्नो तरिकाले सम्मान गर्छु, जहाँ मेरो कुनै स्वार्थ रहेको हुन्न । आफुसंग भए सम्म केहि दिने प्रयास गर्छु तर कसैबाट आफ्नो लागि केहि अपेक्षा गरेको हुन्न । कम्पनिमा आउने कोहि मान्छे अर्थात कामकाजको सन्दर्भमा भेटिने मान्छेहरु म सगं आफै बोल्न नआए पनि म आफै नमस्कार गरेर भएपनि बोल्छु । कसैले यो सोच्ने गर्छन् कि मैले त्यो मान्छेसंग केहि लिन खोजिरहेको छु र नजीकिन खोज्दैछु । तर मैले त्यो कहिले सोच्दिन कि केहि दिन नपरोस् भन्ने । कहिले काही हामीलाई कामको लागि कोहि आवश्यकता प¥यो भने र उनिहरुलाई पनि हाम्रो कामको आवश्यकता परेछ भने हामी त्यो दिन तयार छौँ तर परिचय गर्दैमा कुनै स्वार्थको पछि भने लाग्दिन । मैले जीन्दगीमा धेरै साना ठूला उद्योगपति,कलाकार, पत्राकारलाई भेटें । जतिपनि मान्छेहरुसंग भेटें अहिले सम्म कसैसंग नराम्रो सम्बन्ध भएन ।

यहाँको पारिवारिक पृष्ठभूमि कस्तो थियो ? बाल्यकालको अवस्था बारेमा पनि बताइ दिनुस् न ।
काभ्रेपलान्चोक जिल्लामा बि.स. २०२२ सालमा मेरो जन्म भयो। जहाँ पहरी दाजुभाईहरुको अलि ठूलै बाहुल्यता रहेको थियो । त्यो ठाँउमा २८÷३० सालसम्म एस.एल. सी गर्ने कोहि मान्छेहरु नै थिएनन् । हामीहरु चाँहि २०÷२२ घर दाजुभाई मात्रै थियौँ । त्यहाका अरु मान्छेहरु भन्दा हामी अलि बाठा थियौँ । पहरी दाजुभाईहरु अलि लजाउने गर्थे । त्यो बेला गाँउमा पुरानो शिक्षा पढाई हुन्थ्यो । गाँउको ठाँउ बिहान उठ्ने बित्तिकै घाँस काट्न जानुपर्ने, घर आएर आमाले पकाको ढिँडो खाएर स्कूल जाँदा ढिलो हुन्थ्यो,सरले कुटेर सारो पार्ने । घरबाट स्कूल पुग्न एक घण्टा लाग्थ्यो जुन चौभास भन्ने ठाँउमा थियो । त्यहाँ मैले दुई कक्षा सम्मको शिक्षा पूरा गरे । त्यसपछि ३२ सालमा मेरो जेठो दाजूले मलाई काठमाण्डौ लिएर आउनु भयो । जीवनमा पहिलो पटक यहिँ आएर मैले गाडी देखेको हो । गाउँबाट आएको मान्छे खासै केहि कुरा थाहा थिएन । खानाका परिकारहरु पनि के के हुन्छ केहि थाहा थिएन । एक दिन दाईले सडक बिभागका ईन्जिनियरको घरमा लग्दिनु भयो त्यहाँ बस्नको लागि । दाईले जे जे सिकाउनु भयो मैले त्यहाँ गएपछि त्यहि अनुसार कुरा गरे । पछि त्यहि बसेर पढ्ने मौका पनि मिल्यो । ७ कक्षा पढ्दा पढ्दै उहाँहरु सरुवा भएर बाहिर जानुभयो । त्यसपछि अर्कैको घरमा बसियो । त्यँहा बाट टाढा धाउनु पर्ने भएकोले पढाई यत्तिकै छोडियो । त्यसपछिका दिनमा संघर्ष गर्दै जाँदा राम्रा र गर्नहुने काम जति सबै गरियो । आफूले जानेका कुरा अरुलाई पनि सिकाईन्थ्यो । अरुको घरमा बस्दा महिनाको ५ रुपैँया दिन्थे । एउटा घरमा १९ महिना बसेर ९५ रुपैया कमाएको थिएँ,त्यो पैसा घरमा लगेर बा आमालाई दिए ।

सानै उमेर देखि काठमाण्डौ आएर दुःख गर्दै गर्दा र कमाएको पैसा घरमा लगेर आमा बाबुलाई दिँदा उहाँहरुको खुसी कस्तो पाउनुहुन्थ्यो ?
हामी ६ दाजूभाई र एक बहिनी गरि ७ जना छोरा छोरी थियौँ । पहाडको ठाँउ जतिसुकै खान लाउन पुग्ने भएपनि बिभिन्न घरायसी सामानहरुको अभाव त भै नै हाल्थ्यो । त्यस्ता अभावलाई परिपुर्ति गर्नको लागि हाम्रा बुबा कैलाखानी जानुहुन्थ्यो, भारतको आसाम भन्ने ठाँउ । र उहाँले त्यहाबाट पैसा पठाउनू हुन्थ्यो । उहाँले पठाएको पैसाले मात्र जिबिकोपार्जन गर्न मुस्किल पथ्र्यो तर पनि गाँउ घरको लागी चाही हामी अलि हाई लेभलको परिवार मै गनिन्थ्यौं । तर बेहाल भने सबैको उस्तै हुन्थ्यो । मैले यता काठमाण्डौमा रिक्सा, ट्याम्पो पनि चलाउन सुरु गरें बहुदल आएसी मैले ट्याम्पो चलाउन सुरु गरे । त्यस्तै गरेर सबै मिलेर घरको समस्या समाधान गथ्र्याैँ ।

बिहे कति सालमा गर्नुभयो ?
बिहे ४३ सालमा भयो,गाउंमा बिहे गर्नलाई कसैले नपत्याए पछि बल्ल बल्ल बिहे गरियो आफन्त मार्फत । बा को सम्पत्ति गाउँमा राम्रै भए पनि हामी ६ जना दाजुभाई भएका कारण मेरो छोरीले खानै पाउँदिन त्यस्तालाई कसरी छोरी दिनु भन्थ्ये गाउंलेले । त्यसपछि हेटौडाको राम्रै घरबाट कुरा आयो र मागी बिबाह भयो ।

बिहे पछिको पारिवारिक जीवन कसरी अगाडी बढाउनु भयो, परिवार संगै बस्नुभयो या एक्लै काठमाण्डौमा बस्नुभयो ?
त्यस पछि १ बर्ष जति काभ्रे मै बसेर भैँसी पालन र खेतिपातिमा ब्यस्त भइयो । तर एक बर्ष सम्म खासै केहि उपलब्धि हुन सकेन । त्यसपछि भएको खेतिपाती, भैँसी आमा बाबुलाई छोडेर बुढाबुढी काठ्माण्डौ आयौँ । ५० साल सम्मको दौरानमा ट्याम्पो साउ पनि भईयो । ७ वटा ट्याम्पोको साउ भएपछि मैले ति ट्याम्पो एक एक गरि बेचेँ । त्यसबाट आएको ६५ हजार रुपैँया पैसाले बाफलमा जग्गा किने । त्यसो हुदाँ हुदँै २०६३ साल बाट हेभ्भी ईक्विपमेन्टको सुरुवात भयो । बीचमा साना तिना उतार चढाब आएपनि हामी पछि हटेनौँ । नेपालमा अहिले धेरै झुटा काम गर्ने, डुप्लिकेट समानहरु ओसारपसार गर्ने प्रबृत्ति बढेको छ । तर हामीले यो जि.पि लुब्रिकेन्टबाट अहिले सम्म त्यस्ता नराम्रा र अरुलाई दुःख दिने काम गरेका छैनौ । यस्तै संघर्ष गर्दै आएका छौँ, कयौँ बाधा अड्चन आएपनि अहिले सबै समाधान हुदै आएको छ, खुसिसंग जिवन अघि बढिरहेको छ ।

बाल्यकालमा भोग्नुपरेका दुुःखका दिन, अरुको घरमा बसेर गरेका संघर्षका दिनहरु भाउजुलाई भन्नु भयो कि भएन ?

भनेको छु , यस बिषयमा उनलाई सबै कुरा थाहा छ । मैले उनलाई बिहे गरेर ल्याउँदा रिक्सा सिक्सा चलाएर खल्तिमा २÷४ हजार रुपैयाँ हुने बर्गमा पथ्र्येँ । जव बिवाह गरेर उनि आईन बिस्तारै छोरा छोरी जन्मे कमाउदै गईयो । समस्या पनि समाधान हुदै आए ।

पछिल्लो समयमा मेहनत गरेर कमाउने मानिसहरु भन्दा गैरकानुनी ढङ्गबाट कमाउनेको संख्या बढ्दो छ, यो दुई बर्ग बीचको भिन्नता कस्तो छ ?

मेहनतले नै धनि हुने भए त म जति धनि कोहि हुदैनथ्यो हेर्नुस् तर अहिलेको अवस्थामा हेर्दा प्रायः मान्छेहरुले अलि बढि नै नराम्रा कामहरु गरेर धनि भएका छन् । जो संग बढि धन छ उ संग मन छैन । त्यसैले हामी जस्ता मेहनत गर्ने सच्चा ब्यक्तिलाई नब धनाढ्यहरुले त्यती राम्रो नजरले हेरेको पाइन्न ।