अमेरीकामा हुने ब्यापार मेलामा प्रबर्दकहरु थपिनेक्रम जारी

0
746

जेठ २६, काठमाण्डौ, प्रकाश चन्द्र दाहाल । अमेरीकाको न्युर्योकमा आगामी सेप्टेम्बरमा हुने नेपाली हस्तकलाका बस्तुहरुको बृहत प्रदर्शनीको तयारी तीब्र गतीमा भैरहंदा प्रबर्दकहरु थपिने क्रम जारी रहेको छ । मेलाको आयोजक वल्र्ड विज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले दिएको पछिल्लो जानकारी अनुसार नेपाल अमेरीका चेम्बर अफ कमर्स पनि प्रबर्दकको रुपमा आवद्ध भएको छ । world business managementयस अघि नै नेपाल उध्योग बाणिज्य महासंघ, साना तथा घरेलु उध्योग महासंघ,नेपाल टुरिजम बोर्ड,नेपाली एम्बेसी वशिङ्टन डिसी,नेपाल एसोसिएसन अफ ट्रावल्स एन्ड टुर्स एजेन्ट,न्युयोर्क चेम्बर अफ कमर्स,लगायतका बिभिन्न संघले आवद्धता जनाइ सकेकाछन् । आयोजकका अनुसार सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म चल्ने मेलामा सहभागीहुन नेपाली उद्यमीहरुले उल्लेख्य मात्रामा चासो राख्दै स्टल बुकिङ गराइरहेका छन् । हाल सम्म २ सय भन्दा धेरै ब्यबसायीले स्टल बुकिङ गरिसकेकाले बाँकी रहेको स्टल यहि १५ तारीख सम्म बुक गरिसक्न आयोजकले सबैलाई आग्रह गरेको छ ।अमेरीकी राष्ट्रपति बराक ओबामाले नेपाली उत्पादनका ६६ वटा समानलाई भञ्सार छुटको ब्यबस्था गरे पछि हुन लागेको ब्यापार मेला प्रति नेपाली छाला जन्य बस्तु तथा घरेलु उत्पादन कार्य गर्दे आएका ब्यबसायीहरु उत्साहित भएका छन् ।