बर्दियामा३५ गोही जन्माए,बचाउनै समस्या ?

0
586

बर्दिया जेठ ३१ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको गोही प्रजनन
केन्द्रमा ३५ वटा घडियाल गोहीले बच्चा जन्माएको छ। प्रजनन केन्द्रको स्थापना भएको ३४ वर्षपछि पहिलो पटक बच्चा जन्मिएको हो । पैँतिस वटा बच्चा बर्दिया राष्ट्रिय निकुञ्जमा जन्मिएको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो । बबई नदीबाट गोहीको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा राखेर बच्चा उत्पादन गर्ने काम प्रभावकारी नभएपछि प्रजनन केन्द्रमा अन्डा ल्याउन छोडिए पछि प्रजनन केन्द्रभित्रकै गोहीले अन्डा पारेका हुन् ।लामो समय पछिको सफलताले निकुञ्जका संरक्षणकर्मी खुसी भएको थापाले बताउनुभयो । गोहीका बच्चा हुर्काउन चुनौतीसमेत रहेको उहाँको भनाइ छ । घडियालका बच्चाले साना ताजा माछा खाने भएकाले पनि यिनको आहाराको जोहो गर्न कठिनाइ हुने छ । जन्मिएका बच्चामध्ये मुस्किलले ४÷५ वटा बच्चा बाँच्न सक्ने भएकाले पनि बच्चालाई कठिन हुने थापाले बताउनुभयो ।