सरकारको पत्र सकारात्मक भए पनि सरकार गम्भीर छैन : महासचिव सुमन

0
658

सिराहा जेठ ३१ । सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आन्दोलनरत सङ्घीय गठबन्धनले सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

महासचिव सुमनले आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्र्र्दैसरकारको पत्रलाई सकारात्मक रुपमा लिएकाले अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने जानकारी दिनु भयो ।

सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उल्लेख गर्दै महासचिव सुमनले संघिय गठबन्धन वार्ता र संवादबाट नै सहमत होस् भन्ने चाहनछ तर सरकार वार्ता प्रति गम्भीर नभएकाले अन्यौलता कायम रहेको बताउनु भयो । आन्दोलनरत पक्षले वार्त अघि आफ्ना मागका बिषयमा सरकारले न्युनतम सम्बोधन गरेमा आफुहरु सहमती गर्न तयार रहेको बताउनु भएको छ ।