जुम्लाका स्थानीय यार्सा संकलन गर्न पाटनतिर,गाउं रित्तै ।

0
683

जेठ ३१जुम्ला । जुम्ला जिल्लाका अधिकांस गाउँका स्थानियबासी यार्सागुम्वा संकलनका लागि पाटनतिर लागेपछि गाउँ नै सुनसान भएका छन् । जस्का कारण गाउँमा मर्दा पर्दा तथा सारोगारो काम परेको बेला समेत समस्या हुने गरेको स्थानीयले बताउने गरेका छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले दुध चुसाउने बालबालिकासहित बोकेर महिलाहरु पनि यार्सा संकलनमा गएका छन् । शनिगाउँका गाविसका मानबहादुर बुढाले गाउँका सबै यार्सा गुम्बा संकलनका लागि पाटनतिर गएपछि गाउँमा अशक्त र बुढापाकाहरु मात्र रहेको बताउनु भयो । उहाँका अनुसार मोबाइलको नेटवर्क नलाग्ने पाटनतिर युवायुवती गएकाले गाउँमा केही ठूलो घटनाहरु घटे स्थानिय एफएमबाट खबर गरी बोलाउनु पर्ने अवस्था रहेको समेत बताउनु भयो । जिल्लाको शनिगाउँ, नराकोट, धाँपा, पाण्डपगुफा, देपालगाउँ, गर्जाङ्गकोट, पट्मारा, डिल्लीचौर, छुमचौर, गोठिचौर र पातारासी लगाएतका एक दर्जन भन्दा बढी गाबिसका बासिन्दाहरु यार्सा संकलन गर्न पाटनतिर जाने गर्दछन् ।