काँग्रेश सरकारमा जाँदैन : पौडेल

0
597

जेठ ३२ चितवन, । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सत्ताको चिन्ता नरहेको बताउनुभएको छ ।उहाँले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो प्राथमिकताको कुरा भएको बताउनुभयो । प्रेस युनियन चितवनले आज बिहान चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले लामो समयदेखि स्थायि सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ काँग्रेस लाग्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गर्न सरकारमा जान आवश्यक नभएको भन्दै कांग्रेस प्रतिपक्ष्ँमा बसेरै संबिधानको कार्यान्वयनमा सघाउने बताउनु भयो ।