अहिले गाउँ शहर जतातर्तै “नयाँ शक्ति”को चर्चा परिचर्चा चलिरहेको छ । संचारको माध्यमले गर्दा यसको चर्चा परिचर्चा बाट मेरो बिकट अनि दुर्गम गाँउ पनि बेखवर हुने कुरै भएन । मेरा ७१ बर्षे बृद्धा हजुरबुवाले पनि नयाँ शक्तिको बिज्ञापन सुन्नुभएको रहेछ । केहि दिन अघि मलाई फोनमा उहाँले जिज्ञासा मिश्रीत प्रश्न गर्दै भन्नुभयो, नाती यो नयाँ शक्ति भनेको के हो ? हजुरबरवालाई नयाँ शक्ति भनेको नयाँ सोच,बिचार अनि नयाँ सिद्धान्त बोकेर घोषणा भएको राजनीति दल हो भन्ने जवाफ दिएँ । उहाँले फेरि प्रतिप्रश्न गर्दै भन्नुभयो, अनि नाती यो राजनीति दललाई शक्ति बनाउने, मुल्यांकन गरेर शक्ति हो कि होइन भन्ने छिनोफानो गर्ने काम त जनताको होइन र ? यो त अरुले तपाई नभनेपनि आफैँ मपाईँ भनेको जस्तो भएन र ? भन्ने जिज्ञासा राख्नुभयो । सायद हजुरबुवालाई पनि केहि कुरो चित्त बुझ्दो लागेन । सामान्य लेखपढ गर्नुभएको मेरो हजुरबुवाको यो जिज्ञासा झट्ट सुन्दा सरल भएपनि निकै अर्थपूर्ण थियो । उहाँको यो जिज्ञासालाई पूर्ति गर्ने म सित पनि केहि गहकिलोे जवाफ थिएन किनकि म पनि हजुरबुवा जस्तै एउटा सुन्ने पात्र त थिएँ,फरक यति थियो उहाँ दुर्गम गाउँमा बस्नुहुन्छ भने म देशको ठूलो र बिकशित शहर काठमाण्डौमा । उहाँको सामान्य लेखपढ हो भने मेरो केहि बढि । त्यहि भएर पनि नातीले केहि बुझेको छ कि भनेर उहाँको जिज्ञासाको गहकिलो जवाफ खोज्नुभको थियो तर म सँग पनि कुनै गहकिलो जवाफ नै ैथिएन,त्यसैर्ले खै भन्ने जवाफ मात्र दिएँ । उहाँको त्यो जिज्ञासाले मेरो मष्तिस्कमा एउटा स्थान बनायो । किनकि हजुरबुवाको त्यो प्रश्न अब मेरो पनि प्रश्न बनिसकेको थियो । तर उत्तर को संग खोज्ने ? नयाँ शक्तिको संयोजकसंग सोध्न जाने मेरो सामथ्र्य थिएन,अरु जान्ने बुझ्नेसँग सोध्यो भने चित्त बुझ्दो जवाफ नपाईने पा्रय निश्चित थियो । त्यसैले आज नयाँ शक्तिको अन्तर कथा खोतल्न मन लाग्यो ।
नयाँ शक्ति उर्फ डा.बाबुराम भट्टराई भन्दा फरक नपर्ला । डा.भट्टराई तिनै ब्यक्ति हुन् जो २०२७ सालको एस्.एल्.सी बोर्ड फस्र्ट, बिभिन्न बिश्वबिध्यालय बाट धेरै बिषयमा डिग्री हासील गरि बिद्धवानको उपमा पाएका ब्यक्ति । वाम राजनीतिबाट जीवन प्रारम्भ गरेर दश बर्षे जनयुद्ध प्रारम्भ गर्नुपूर्व तत्कालिन जनमोर्चाका संयोजक, जनयुद्ध सुरु भएपछि तत्कालिन ने.क.पा मावबादिका उपाध्यक्ष । जनयुद्द गर्नुपूर्व उनकै नेतृत्वमा हस्ताक्षर अंकित बिभिन्न माग गर्दै ४० बुँदे माग तत्कालिन माग सरकारलाई बुझाएको थियो । जनयुद्धको अर्थ र उदेश्य नबुझे पनि उनको बिद्धवतालाईनै आधार मानेर अझ भनौ उनैबाट प्रभाबित भएर हजारौँ युवाहरु जनयुद्धमा होमिएका थिए । जमयुद्धमा १४ हजार भन्दा बढि मानिसले ज्यान गुमाए,हजारौँ ब्यक्ति बेपत्ता तथा अपांग भएर आजपनि कष्टकर जीवन बिताईरहेका छन् । सपांग भएका हजारौँ युवाहरु पनि घरको न घाटको भएर कोहि खाडी मुलुकमा पसिना चुहाईरहेछन् त कोहि देशमै बिभिन्न पेषा गरि बसेका छन् । जे होस त्यो एउटा कालखण्ड थियो जुन कालखण्डमा भएका बिभिन्न घट्नाक्रमको त सबैलाई सर्बबिधितै छ । यहाँ मेरो उद्देश्य घट्नाको बेलिबिस्तार लगाउनु हुदै होईन । मेरो उद्देश्य त यो हो कि जब जनयुद्ध शान्ति सम्झौतामा परिवर्तन भयो, नेपाली जनता, जनयुद्धमा बिभिन्न सपना देखेर सामेल भएका हजारौँ युवा,बेपत्ता तथा घाईते परिवारले जुन आशा गरेका थिए त्यो हुन सकेन ।जनयद्धमा बिभिन्न आशा र सपना बाढि जनयुद्धको नेतृत्व गरेका बाबुराम भट्टराई जस्ताका सर्बाहारा बर्गका नेताहरुमा एकाएक परिवर्तन आयो । भलै सबै कुरामा बाबुराम भट्टराई मात्र जिम्मेवारी छैनन् तर पनि म डा. भट्टराईलाई यस अर्थमा केन्द्रित गर्दै छु कि उनले त हुदाँहुदाँ जुन पार्टिमा बसेर हजारौँ युवालाई का्रन्तिको परिभाषा पढाएका थिए , उनै ब्यक्ति एकाएक आज आफू ‘जन्मेको मूलघरलाई भत्केको घरको’ संज्ञा दिईरहेका छन् । त्यो भन्न पाउने उनको नैसर्गिक अधिकार हो । सायद थाहा पाएरै भने होलान् त्यस्मा मेरो कुनै बिमती भने हुदै होईन । मेरो बिमती त यो हो कि जव बाबुरामलाई उनि बसेको घर भत्किन आटेको छ, असुरक्षित छ भन्ने थाहा थियो भने किन बिभिन्न सपनाहरु बाढेर यो घर ठिक छ भन्दै हजारौँ यूवालाई भत्किन आँटेको घरमा प्रबेश गराए ? अनि आज त्यहि घर अर्थात पार्टिको लागि आफ्नो उर्जावान समय ब्यतित गरेको यूवाहरुलाई उनि के जवाफ दिन्छन् ?
आज फेरि तिनै डाक्टर सायब नयाँ शक्तिको संयोजक बनेका छन् । नयाँ शक्ति भनेको उनै हुन् जो आज फेरि हिजो जनयुद्धमा बाढेका जस्तै झुटा आश्वाशनहरु बाढिरहेका छन् । अनि भन्दैछन् कि नेपाललाई २५ बर्ष भित्र समृद्ध मुलुक बनाउछु, रोजगारीका अवसर सृजना गर्छु, आर्थिक बिकाश गर्छु आदि ईत्यादी । उनले यि योजनाहरु कार्यान्वयन गरेभने हामी सबैमा हितकार हुनेछ तर उनले यस्ता सस्ता लोकप्रियताहरु जनतालाई प्रशस्तै बाँढेका र जनताको समर्थन र मत दूबै पाएका थिए । मुलुकको अर्थमन्त्रि,प्रधानमन्त्रि सम्म भए तर आफैले प्रमाणित गरे उनि शिक्षित हुन् तर बिद्धवान होईनन् भन्ने कुरा । आज फेरि उनि एक पटक जनताको मत पाउन चाहिरहेछन् र युवाहरुलाई फेरि पनि स्वार्थ पूर्तिको लागि प्रयोग गर्न खोज्दैछन् । तर मलाई बिश्वास छ,यूवाहरु हिजोका जस्ता छैनन्,बुझ्ने भईसकेका छन् । उनिहरुले भट्टराईको हर्कत हिजै अनुभव गरिसकेका छन्,आज फेरि उनका गुलिया कुरामा भुल्ने वाला पक्कै नहोलान् । किनकी डा.साहेबको के भर हिजो जस्तै भाोलि आफ्नो स्वार्थ पूर्ति नहुने देख्ने बित्तिकै नयाँ प्रोपोगाण्डा रच्ने पो हुन कि । हिजोकै ईतिहासलाई हेर्ने हो भने नयाँ शक्ति कतै फेर्रि “शत्ता प्राप्त गर्ने जुक्ति” त होईन भन्ने शंका उब्जिनु स्वभाविक छ ।
अब हेर्नु छ हिजो जनताको मत र भरोसा पाएर पनि जनताको बन्न नसकेका डा.भट्टराई आज आएर उनले खोलेको पार्टिको शक्ति चाँही को हुनेछ ? जनता ,बिदेशि ,प्रभू या उनि आफैँ !! प्रश्न हामी सबैको माझ….
संजय गिरी