धादिङ – गोरखा सीमामा दुईको ज्यान गयो ।

0
316

 

मलेखु (धादिङ), ३२ जेष्ठ । दुई जील्लाका सीमा जोडिएको स्थानमा एक जना टेलिकमको टावरबाट लडेर र एक जनाले नदीमा हामफालेर ज्यान गुमाएका छन् । धादिङ जिल्लासँगै जोडिएको गोरखाको आरुघाट बजारस्थित नेपाल टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेर एक प्राविधिक कामदारको मृत्यु भएको हो । राजधानीदेखि मर्मतका लागि आएका अनिल ताम्राकार टावरबाट खसेर गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको भएको प्रहरीले जनाएको छ । यसैगरी सीमा क्षेत्रमा रहेको बूढीगण्डकीमा रहेको पुलबाट हामफालेर ताप्ले गाविस– ७ का ७६ वर्षीय डिल्लीराम भट्टले हामफालेर ज्यान गुमाएका छन् ।