सूचना प्रवाहमा प्रवक्ताको दायित्व हुनुपर्छ : मन्त्रि राई

0
471

 

३२ जेष्ठ , काठमाडौँ ।  बनेको संविधान सुन्दर भए संगसंगै जनताले तोकिए बमोजिमको अधिकारको उपभोग हुन सकेमा त्यस्तो संविधान अझ प्रभावकारी हुने सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताउनुभयो । नेपाल प्रेस इन्स्टिच्युट र सूचना तथा सञ्चार मन्त्रालय ले आज आयोजना गरेको ‘सूचना प्रवाहका सन्दर्भमा प्रवक्ताको दायित्व’ विषयको अन्तरक्र्रियामा मन्त्रि राईले सूचनाको हकमा जनताको पहुँच पुग्नुपर्नेभन्दै सरकारी निकायका प्रवक्ताले यसका लागि सहज वातावरण बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो । बिभिन्न सरकारी निकाय तथा संवैधानिक अङ्गका प्रवक्ताको सहभागिता रहेको सम्मेलनमा पत्रकार प्रकाश रिमालले प्रवक्ता तथा सूचना अधिकारीबाट मिडियाले राखेको अपेक्षा, उपप्राध्यापक डा कुन्दन अर्यालले सूचना प्रवाहमा आगामी कार्यदिशाका बारेमा बोल्नुभएको थियो भने प्रा पी खरेलले कार्यपत्रको समीक्षा गर्नुभएको थियो ।