राष्ट्र सङ्घीय महासभामा नेपाल उपाध्यक्षमा निर्वाचित ।

0
585

एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा संयुक्त राष्ट्र सङ्घीय महासभामा नेपाल पनि निर्वाचित हुन सफल भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुसँगै आगामी दिनमा देशको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने आशा गरिएको छ ।