लहान, १ असार । गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाका दुई स्थानमा भएका सवारी दुर्घटनामा परि १७ जना घाइते भएका छन् । सिरहाबाट राजविराज आउँदै गरेको बा २ ख ८७३१ नम्बरको बस सिरहाको धनगढीमाई नगरपालिकामा ब्रेकफेल भई दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गोलबजार नगरपालिका–८ मा ग ४ प ५४७५ र स ५ प ६७०४ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । मिर्चैया नगरपालिका–११ का २७ वर्षीय मिथिलेस यादव, गोलबजार–६ निवासी २९ वर्षीय दिनेश साह र ६२ वर्र्षीय रामचन्द्र साह घाईते रहेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोछ ।