नवलपरासी ,२, असार । नवलपरासीको रजहर–६ झरही खोला पुलमा गए राति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ४९२२ नंको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६१३ नं को ट्रक जुध्धा उक्त घट्ना भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण सो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । ठक्कर दिने ट्रक र त्यसका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने २४ वर्षीय राजेश चौधरी प्रहरी नियन्त्रणमा छन् । बस चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।