एसएलसीको रिजल्ट सार्वजनिक, सी र डी प्लस ग्रेडमा धेरै, यसरी हेर्न सकिन्छ रिजल्ट

0
521

 काठमाडौ, २ असार ।  यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज जीपीए मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए । कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए। एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।
प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १।६ देखि २ बीचको जीपीए हो ।प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३।६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो । ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।

कसरी हेर्ने रिजल्ट ?
एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ । यसका लागि वेबसाइट नेपाल टेलिकमको मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी नजिता थाहा पाउन मोबाइलको मेसेज बक्समा गएर सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।