नेपालप्रति चीनको सकारात्मक दृष्टिकोण : प्रधानमन्त्री ओली

0
556

असार ३ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति चीनको सकारात्मक दृष्टिकोण रहेको बताउनुभएको छ । नेपाल चीन समाजद्वारा प्रकाशित परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ नामक अंग्रेजी पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको नेपालको मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्मानमा आधारित रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले श्रेष्ठको पुस्तकबाट दुई देशको सम्बन्ध बलियो बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि चीनका राजदूत ऊ चुन्ताई, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तलगायतले किताब तथा दुई देशबीचको सम्बन्धका बारेमा समीक्षा गर्नुभयो । परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठले छायामा परेको दुइदेश बिचको सम्बन्धलाई उचाइमा पुर्याउने उद्धेश्यका साथ आफुले पुस्तक लेखेको बतोनु भयो । पुस्तक अन्तराष्ट्रिय सम्बन्धका बिद्यार्थीहरुको लागि उपयोगी हुने श्रेष्ठको भनाइ थियो ।