अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदै

0
546

असार ३ महोत्तरी । भारतीय महावाणिज्य दूतावास वीरगन्जले दोस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान महोत्तरीको जलेश्वरमा योग प्रशिक्षण शिविरको आयोजना गरेको छ । योग शिविरको उद्घाटन महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव तथा नेपालका लागि भारतीय वाणिज्य दूतावास वीरगन्जका काउन्सिलर अञ्जु रञ्जनले संयुक्तरुपमा गर्नुभएको छ । सो योग शिविरमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, राजनीतिकर्मी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थीलगायत २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।