भूकप्प प्रभावित जनताको चाहना र भावनाप्रति सरकार असफल : देउवा

0
338

 नेपालगन्ज, ३ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन गर्र्न नसकेको आरोप लगाउनुभयो । जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिँदै संविधानको कार्यान्वयनमा आफ्नो दल सधैँ एक पाइला अघि रहने बताउनुभयो । उहाँले सस्तो लोकप्रियता प्राप्तिको दिशामा वर्तमान सरकार क्रियाशील देखिएको टिप्पणी गर्नुभएको छ ।
सभापति देउवाले वर्तमान सरकारमा आफ्नो दल सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार भेटघाटका अवसरमा देउवाले “काँग्रेसको पहिलो प्राथमिकता संविधानको सफल कार्यान्वयन भएकाले सरकारमा जान हामीलाई हतार छैन ” भन्नुभयो । सभापति देउवाले मधेसी मोर्चा र आन्दोलनमा रहेका अन्य घटकसँग सरकारले औचित्यपूर्ण वार्ता गर्नुपर्ने सुझाव दिँदै त्यसमा आफ्नो दलको समन्वयकारी भूमिका रहन्छ भन्नुभयो ।