युरोकप फुटबलमा आज पनि तीन खेल हुदैँ

0
487

 काठमाडौ,३,असार । युरोकप फुटबलको उपाधि दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको समुह सी को खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुबैतर्फबाट केही उत्कृष्ट अवसर सिर्जना गरिए पनि गोल हुन नसक्दा दुबै टोलीले अंक बाँडेका हुन् । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको छ । यो समूहमा ४-४ अंक जोडेका जर्मनी र पोल्याण्ड क्रमश, पहिलो र दोस्रो स्थानमा छन् । समुह बी को खेलमा वेल्सलाई २–१ ले हराँउदै इंग्ल्याण्डले अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् ।