काठमाण्डौ असार ५ । उच्च माध्यामीक शिक्षामा बिद्यार्थीहरुको आकर्षण बढिरहेको बेला ब्यवस्थापन संकायमा राइजिङ स्टार म्यानेजमेन्ट कलेजले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । नेपालको बिकासमा ब्यवस्थापन संकायले निकैै ठूलो भूमिका खेल्ने भएकोले राईजिङ स्टार कलेजले स्थापनाकाल देखि नै महत्वपूर्ण भूमिका खेलेको छ । प्रतिस्पर्धाको समयमा बिभिन्न कलेजहरुले बिध्यार्थीहरु पाउन कठिन भए पनि यस कलेजले भने पर्याप्त मात्रामा बिध्यार्थीहरुलाई शिक्षा दिईरहेको छ । यसको मूख्य उदेश्य भनेको शिपमूलक शिक्षा प्रदान गर्नूका साथै बिभिन्न क्षेत्र जस्तै बैकिंङ तथा बित्तय क्षेत्र लगायतमा बिद्यार्थीहरुको उज्वल भबिष्य निर्माण गर्र्नु हो ।
भबिश्यमा दक्ष नेतृत्व गर्नसक्ने क्षमता अभिबृद्धिको लागि संचालनमा आएको कलेजको स्थापना सन् १९७९ मा भएको कलेजका अध्यक्ष निल सारुले बताउनू भयो । उहाँले भन्नूभयो हामीले बिद्ययार्थीको शैक्षिक स्तरलाई मात्र अभिबृद्धि गर्नको लागि नभई उनिहरुमा भएको अन्तर ब्यत्तित्व र अतिरिक्त कृयाकलापलाई पनि समेटेर लैजाने प्रयास गरेका छौँ । त्यस्तै कलेजका प्रिन्सिपल आर .बि अधिकारीका अनुसार राइृजिङ स्टार अरु कलेज भन्दा फरक नभई कलेजमा गराईने अभ्यास र प्रदान गरिने शिक्षामा फरक बिधि अपनाईएको बताउनु भयो । आजको प्राप्ति भोलिको नेतृत्व भन्ने नारा उक्त रहेकोउहाँले जानकारी दिनूभयो ।
शैक्षिक मूल्य र मान्यतालाई अगाडि बढाउनका लागि गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले यो कलेजको स्थापना भएको प्रमुख कार्यकारी अधिकृत राजु कुमार राइले बताउनुभयो । अबको शिक्षालाई प्रतिष्पर्धी रुपमा बिश्वब्यापीकरण गर्नको लागि गूणस्तरिय र प्रयोगात्मक शिक्षाको आवश्यक भएकोले निरन्तर रुपमा नयाँ नयाँ शैक्षिक बिधिबाट राईजिङ स्टार कलेजले शिक्षा प्रदान गर्दै आएको राईले बताउनु भयो । प्रतिष्पर्धी, शिपमूलक र गूणस्तरिय शिक्षा प्राप्तिको लागि उच्च माध्यामिक शिक्षा अहिलेका आवश्यकता भएको कलेजले जनाएको छ । कलेजले संस्कार र संकृति सहित शिक्षा प्रदान गर्ने योजना बनाएकोले आफ्ना छोरा छोरीको उज्जव भविष्यका लागि राइजिङ स्टार म्यानेजमेन्ट कलेज नै बिकल्पको रुपमा आएको छ ।