देशको बर्तमान अवस्थालाई लिएर आजभोलि केटाकेटि, यूवाहरु साथै बुढाबुढिहरु पनि निरासाजनक अवस्थामा रहेको हामीले प्रशस्तै भेट्न सक्छौँ । त्यस्तै अहिले जुन परिस्थितीमा देश गुज्रीरहेको छ त्यसलाई आ -आफ्नै दृष्टिकोणबाट नियालिरहेका यूवाहरुको सोचलाई समेटेर एक यूवा श्रि जष्टिन बुढाथोकिले एउटा लेख तयार पार्नुभएको छ ।
“ नेपालै नरहे…….!!! ”
हो, सुन्दा पक्कै अचम्म लाग्न सक्छ, ‘नेपालै नरहे’ ..। हामी मध्य कमैले कल्पना गरेका हौँला यो स्थितीको । यो त पक्का छ कि नेपाल नै नरहेको अवस्थामा हामी कि चाईनिज हुन बाध्य हुनेछौँ,कि त भारतिय वा त कुनै देशको शरणर्थी !
आज देश दिशाहिन छ, देशको सरकार मरणको दिन गनेर बसीरहेको छ । जताततै अभाव,निरासा र कोलाहलको आवाज गुन्जिरहेको छ । दिनानु –दिन बिदेश पलायन हुने यूवाहरुको सङ्ख्या उत्तिकै बढिरहेको छ । अनि तिनै यूवाहरु बाध्य भएर आफ्नो मातृभूमि नर्कमा परिणत भईरहेको देख्दा देख्दै मरुभूमिलाई कुनै स्वर्ग भन्दा कम नहुनेगरि श्रृङ्गारिरहेका छन् । देशका ठूला भनौँदा नेताहरु भने आर्थिक बिकाशको खोक्रो भाषण दिएर जनतालाई तिहारमा घुमाउने ‘सेलरोटि‘ जसरि घुमाईरहेका छन् । बास्तवमा आर्थिक बिकाशले नै दिर्घकालिन रुपमा देशको भलाई गर्न सक्छ तर देशलाई आर्थिक बिकाशको गति तर्फ मोड्न पनि देशमा सु–साशन र स्थिरताको प्रत्याभूति सबैले गर्न सक्ने वातावरण हुनुपर्दछ । तर हामी त आज मद्येशी र पहाडीको नाममा आँ –आँफै लडिरहेका छौँ,त्यसैले पनि हाम्रो लागी आर्थिक बिकाशको कुरा त धेरै परको भयो,हाम्रो त अस्तित्व नै खतरामा परेको छ । आज हामीले स्वाभिमान नागरिकको संज्ञा दिनु अघि यो जान्नु जरुरि छ कि हाम्रो स्वाभिमान त अरुले नै थामिदिएको छ । हामी त आफूँले खाने देखि लिएर ट्वाईलेटमा गएर फाल्न मद्दत गर्ने साधन पनि पो अरुकै प्रयोग गर्छौँ । एक भारतिय च्यानलले त एक दिन यो सम्म भनिदियो कि अब ‘नेपाल चाईनाले कब्जा गर्दैछ, नेपालका प्रधानमन्त्रिले नेपालाई चाईनामा गाभ्ने गोप्य सहमति समेत गरिसकेका छन् ।’ यो समाचारमा कुनै तथ्यता नभए पनि यसले हाम्रो स्वाभिमानताका बारेमा छिमेकि राष्ट्रहरु कसरि परिचीत छन् भन्ने कुराको बोध गराउँछ ।
दक्षिणी छिमेकि राष्ट्र भारतको कालो नजर नेपालमा अहिले देखि मात्र नभएर ब्रिटिशहरुकै पालादेखि नै पर्दै आएको तथ्य सुगौली सन्धि जस्तो घातक सन्धिले नेपालीहरुलाई बेला बेलामा अबगत गराउँछ । त्यसैगरी उत्तरी छिमेकि रास्ट्र चिन पनि नेपालबाट पक्कै केहि सिमीत स्वार्थहरु लिन चाहन्छ । यसै बीच प्रधानमन्त्रि (के.पि ओली) ले हालसालै गरेको चिन भ्रमण र त्यसमा भएका केहि सहमतिहरुले खासगरि दक्षिणी छिमेकि राष्ट्र भारतको ध्यान गज्जब तरिकाले तानेको छ । भारतिय सरकार चिनको सहयोगमा नेपालमा रेल गुडेको कदापी हेर्न सक्दैन । भारतिय सरकारलाई यो डर छ कि चिनले नेपालमा रेलमार्ग बिस्तार गरेमा चिन र पाकिस्तान दूबैको दबदबाह भारतमा थप पर्नेछ । त्यसैले अहिले पनि भारत सरकार नेपालको यो संक्रमणकालीन राजनितीक अवस्थालाई मध्य नजर गर्दै कुनै न कुनै कठोर प्रहार गर्ने सोचमा पक्कै हुनुपर्छ। जस्तै कि कुनैबेला ईराकले आफ्नो कुरा नमानेको भन्दै कुबेतमाथि सैनिक पठाएर गरेको आक्रमण हामी माझ ईतिहास बनेर बसेको छ । भारतले पनि हाम्रो सिमानाको फाईदा लिएर हामी माथि आक्रमण नगर्ला भन्न सकिदैन । अनि यस्तो अवस्था आएमा नेपाल सरकार जसरि ईराकले कुवेतमाथि आक्रमण गर्दा तत्कालिन कुवेत सरकार भागेको थियो,त्यसरि नै नभाग्ला भन्न पनि सकिन्न । चिन सरकार पनि यस्तो स्थितिमा पक्कै चुप लागेर नबस्ला । अन्तत: दुई देश मध्य जसको बिजय हुन्छ,त्यहि देशमा नेपालको अस्तित्व गाभिने छ भन्ने कुरामा दुई मत नहोला ।
यो स्थितीको सृजना हुन नदिन सर्बप्रथम हामी सबै नेपाली एकजुट हुनुपर्छ । यदि हामीले सधैँ यसरीनै मद्येसी,हिमाली र पहाडीको खेल खेलि नै रह्यौँ भने हाम्रा सन्ततिहरुले ”नेपालै नरहे” भन्ने यि जोडि शब्द भुलिसकेका हुनेछन् किनकी उनिहरु कि त चिनै नरहे,कि त भारतै नरहे भन्ने बिषयमा सोचीरहेका हुनेछन् ।