मुलुकको समस्या समाधान गर्न नेपाली काँग्रेस सदैब तत्पर : के. सी

0
383

 विराटनगर, ५ असार ।  प्रमुख प्रतिपक्षका रुपमा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले काँग्रेस मुलुकको समस्या समाधान गर्न तत्पर रहेको बताउनुभयो। संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएकाले यसको कार्यान्वयनका लागि सबै दलले तदारुकता देखाउनुपर्ने भन्दै नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटकार्यक्रममा उहाँले यस्तो बताउनुभयो । वर्तमान सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने स्पष्ट पार्दै उहाँले नेपाली काँग्रेसको नेतृत्वमा सो सरकार गठन हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनबाट पार्टी डराउँदैन तर निर्वाचनले समस्यालाई समाधानको सट्टा बल्झाउन सकिने सम्भावना व्यक्त गर्नुभयो ।उहाँले उत्तर–दक्षिणको प्रादेशिक राज्यका साथै पूर्वपश्चिम राज्यको पक्षमा काँग्रेस रहेको स्पष्ट पार्नुभयो । उहाँले कतिपय नक्कली पीडित देखिएको र कतिपय वास्तविक पीडित छुटेकाले त्यसलाई राहत उपलब्ध गराउनुपर्ने आँल्याउनुभयो ।