काठमाडौँ, ७ असार । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा सत्तारुढ, प्रमुख प्रतिपक्षी तथा साना दलका नेताले निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन र निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन सक्ने वातावरण बनाउन आवश्यक रहेकोबताए। राजनीतिक सहमति जुटाएर मात्र निर्वाचनको तिथि र मिति घोषणा गर्न र निर्वाचन गराउने विषयलाई राजनीतिक प्रतिष्ठा नबाउन सरकारलाई सुझाव दिइएको छ । संवैधानिक प्रावधान अनुसार डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको जनाउँदै राजनीतिक दलका दोस्रो पुस्ताका नेताले निर्वाचनका लागि छिटो सहमति जुटाउन आफ्ना शीर्ष नेतालाई आग्रह समेत गरेका छन् । उनिरुले एकै स्वरमा “लोकतन्त्रमा निर्वाचनदेखि डराउने भन्ने हुन्न तर निर्वाचनमा भाग लिने वातावरण मिलाउने काम त सरकारको हो ,” भने ।