बर्षाका कारण जनजीवन प्रभाबित, पूर्व र पश्चिममा ३ को मृत्यु ।

0
334

काठमाडौ, ८ असार ।  मनसुन सुरुभए पछि देशभर वर्षा भईरहेको छ । बर्षाका कारण पूर्वी नेपालका तराई क्षेत्र लगाएत मध्यपश्चिमको बबईमा पनि पानीको सतह खतराको संकेतसम्म आइपुगेको छ ।   आज पश्चिम नेपालमा भिषण बर्षा हुने जल तथा मौसम पूर्वामानुमान शाखाले जनाएको छ ।Rising Star jpg पूर्वी नेपालमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण सुनसरीको इटहरीमा दुईजनाको र कैलालीमा एकको मृत्यु भएको छ । विराटनगर, इटहरी, भद्रपुरलगायतका पूर्वी तराईका मुख्य सहर जलमग्न भएका छन । विराटनगर ,झापा, मोरङ, सुनसरी र धनकुटा पनि वर्षाबाट प्रभावित छन् ।   पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोसी नदीमापनि  पानीको बहाव बढेको छ ।