अफगानिस्तानमा ज्यान गुमाएका नेपालीको शव सम्बन्धित परिवारजनलाई पु¥याउनआग्रह

0
532

 काठमाडाँै, ८, असार ।  व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उहाँहरुकै घरमा पु¥याउन सरकारको ध्यानकर्षण गराउनुभएको छ । उहाँहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम दू्रत गतिमा वितरण गर्नसमेत माग गर्नुभयो । यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल हुनुहुन्थ्यो ।