काँग्रेस चुनावबाट बाहिर रहन सक्दैन : ज्ञवाली

0
433

 पर्वत, ८ असार ।  प्रेस चौतारी नेपाल पर्वत शाखाले आज बिहान कुश्माबजारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा   एमालेका   उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिपक्षी दल नेपाली काँग्रेस चुनावबाट बाहिर बस्न नसक्ने बताउनुभएको छ । ज्ञवालीले सरकारले २०७४ सालभित्र स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको चुनाव घोषणा गरिसकेको बताउनुभयो ।  मुलुकको ठूलो दलको हैसियतले पनि नेपाली काँग्रेस चुनावबाट भाग्न नमिल्ने उहाँले बताउनुभयो ।Rising Star jpg संविधान बनाउन अगुवाइ गरेको काँग्रेसले कार्यान्वयनका लागि पनि चुनावमा सहभागी हुनुको विकल्प छैन ।उहाँले संविधानले व्यवस्था गरेअनुसार चुनाव गराउनु  पन र  अहिलेको संविधानमा भएका केही अपूर्णतालाई संशोधनको माध्यमबाट परिमार्जन गरेर पूर्णता दिन सकिने बताउँदै वार्ता र संवादबाटै मधेसवादी दलका माग पूरा गरेर संविधानको सफल कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभयो