न्यूर्योकमा हुने ब्यापार मेला सभ्य र भब्य हुन्छ शंका नर्गनुस् : लामिछाने ।

0
848

असार ८ काठमाडौं । नेपाली उत्पादनका सामान तथा बस्तुहरुको अन्तराष्ट्रिय प्रबद्र्धन गरी देशको आर्थिक बिकास गर्ने उद्धेश्यका साथ सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म अमेरीकामा हुने मेलाको तयारी अन्तीम चरणमा प्रवेश गरेको छ । मेलामा राखीने तीन सय ७२ वटा स्टल मध्ये चार सय भन्दा बढिको आबेदन परे पछि यतिबेला आयोजकलाई स्टल ब्यबस्थापन गर्न कठिनाई भएको छ । आबेदन गरेका मध्येबाट नेपाली कम्पनीलाई प्राथमिकता दिंदै कम्पनीहरुको छनौट गर्ने काम भैरहेको अवस्थामा स्टल थप गर्न नसकिने आयोजकले बताएको छ । प्रस्तुत समय छोटिंदै जाँदा प्रदर्शनीमा प्रबद्र्धकहरु थपिने क्रम पनि जारी रहेको अवस्थामा आयोजक संस्था वल्र्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टका निर्देशक कृष्ण लामिछानेसंग सञ्चार खवरका प्रकाश चन्द्र दाहालले गर्नु भएको कुराकानी ।

सप्टेम्वर ३० देखि अमेरिकाको न्यूयोर्कमा हुन लागेको नेपाली हस्तकलाको बृहत प्रर्दशनिको तयारी आजको दिन सम्म कहाँ पुग्यो ?
हामीले सेप्टेम्वर ३० देखि अक्टोवर २ सम्म न्यूयोर्कमा गर्न लागेको नेपाली हस्तकलाको बृहत प्रदर्शनीको ब्यवस्थापन गर्नको लागी हामी एकदमै राम्रोसँग खटिरहेका छौँ । र अहिले सम्म जम्मा दर्ताको क्रमलाई हेर्दा ३४७ वटा कम्पनीले बुकिङ दर्ता गराएका छन्, ति मध्ये नेपालको ३०० वटा कम्पनिहरु दर्ता भएको छ । हामीसँग जम्मा ३७२ वटा स्टलहरु छन् र ७२ वटा स्टलहरु नेपाल भन्दा बाहिर रहेका नेपालीहरुको लागि ब्यवस्था गरिएको छ । यो स्टल बुकिङ्को लागी अझै ९ दिन समय बाँकी छ, यस बीचमा लगभग ४०० जति कम्पनि दर्ता हुन सक्ने सम्भावना छ । र त्यसबाट हामीले ३०० वटा कम्पनि मात्रै छान्ने प्रक्रियामा छौँ र फाइनल भएका कम्पनीहरुको अन्तवार्ताको प्रकृयालाई पनि अघि बढाउंदै छौँ ।trade

नेपाल भन्दा बाहिरबाट बुक गर्ने स्टलहरु सबै बुकिङ भैसक्यो कि बाँकी छ ?
अनलाईन बुकिङ ओपन नै छ र बुकिङ पनि भैरहेको छ तर त्यसबाट अहिले धेरै आसा गरिएको चाँही छैन किनकि मुख्य गरि नेपाललाई टार्गेट गरेको हुनाले नेपालमा ३०० सङ्या पुगेपछि मात्र सुरु गर्ने सोच हो तर अहिले ३०० भन्दा बढि पुगेको अवस्था छ र नेपाल बाहिर बाट तथा अन्य देशहरुबाट अनलाईनमा १८३ वटा बुकिङ आएको छ तर त्यसमध्ये हामीले ७२ ओटा मात्रै छनौट गर्नु पर्ने छ । त्यसमध्ये टपमा पर्न सक्ने कम्पनीलाई मात्र हामीले छनौट गर्ने छौँ ।

तपाईहरुले यो प्रदर्शनीको प्रचार प्रसार यति राम्रो सँग गर्नुभयो कि बिश्वको जुनकुनै ठाँउमा यस्को चर्चा हुन पुग्यो,यसको आकर्षण पनि उत्तिकै बढ्यो र नेपालबाट ३०० दर्ता हुनुपर्नेमा ३४७ पुगिसक्यो,यस्तो हुदा यहाँहरुले अरु स्टलहरुलाई थप गर्नु पर्छ जस्तो लागेन ?

छैन,अहिले हामीले त्यस्तो गर्नै सक्दैनौ किनकि हाम्रो अन्तिम टार्गेट भनेकै त्यति नै हो । त्यस मध्ये बाटै हामीले इमान्दार कम्पनिलाई छनौट गर्ने हो । त्यसैले अब अहिले अझ स्टल थप्न सम्भव छैन ।
अहिले सम्मको स्टल बुकिङको अवस्था हेर्दा त हामीले भनेजस्तै ब्यापक तयारी भैरहेको देखिन्छ । प्रदर्शनीले गर्दा नेपाली उत्पादनलाई अन्तराष्ट्रिय ब्यापारको केन्द्रको रुपमा कसरी स्थापीत गर्छ त ?
तपाईले भन्नुभएको कुरा साच्चिकै राम्रो हो किनकि त्यति मात्र नभएर यो त बिश्वलाई चिनाउने भएकोले नेपालका राष्ट्र प्रमुख लगायतलाई हामीले निमन्त्रणा गरेका छौँ । त्यस्तै पर्यटन मन्त्री लगायत मन्त्रालयका अन्य आधिकारीक ब्यत्तित्वलाई पनि आमन्त्रणा गरेका छौं । र न्युयोर्कमा भएका ब्यापारी लगायत त्यहाको सरकारलाई पनि हामीले निमन्त्रणा गरिसकेका छौं । र यो ब्यवस्थापनको हिसाबले र सरकारको पनि प्रतिनिधित्वको हिसाबले यो एकदमै महत्वपूर्ण छ र सफल हुन्छ भन्ने पूर्ण बिश्वास हामीले गरेका छौ ।

स्टल बुकिङमा नेपालीहरुको जुन उत्साह तपाईले पाउनु भयो खासमा उहाँहरुको रुचि के मा रहेछ ? अमेरिकामा तिन दिन हुने प्रदर्शनीबाट लाभ लिन सकिन्छ भन्ने हो या आफ्नो ब्यवसायलाई अन्तराष्ट्रिय बजारीकरण गर्न सकिन्छ भन्ने सोच हो ?
नेपाल आईसकेपछि नेपाली साथिहरुसँग निबेदन लिने क्रममा धेरै सँग अन्तरक्रिया भयो त्यसमा दुईटा कुराको अनुमान गरेको छु । एउटा जुन वेल एक्सेस भएकाहरुले र ठूला ब्यापारीहरुले आफुभन्दा साना ब्यापारीहरुलाई पनि हौसला दिने हिसाबले र ब्यवसायलाई दिर्घकालिन रुप दिने भनेर लागि परिरहेका छन् भने नेपाल भित्र मात्रै ब्यापारीक केन्द्र बनाएका,अन्तराष्ट्रियकरण गर्न नसक्ने स साना घरेलु उद्योगीसाथीहरुले चाहिँ आफुले खर्च गरेको लागत पनि सदुपयोग गर्न नसकिने हो कि भन्ने चिन्ता लिईरहनु भएको छ । किनकी यो पहिलो पटक भएको मेलामा यहाँबाट जाने साथीहरुलाई लगेको सामान बिक्रि बितरण गर्न र लिंक बढाउन गाहे हुन्छ त्यसैले हामीले सहजताको लागि कस्तो वातावरण बनाउन सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिरहेका छौँ । यदि यस्तो वातावरण बन्न सक्यो भने भोलिका दिनमा पनि साना ब्यवसायीहरुलाई अन्तराष्ट्रिय बजारमा आफ्नो ब्यवसायलाई बढाउन सहज हुन्छ जसले अहिले हुन लागेको प्रदर्शनीमा लगिएका सामानहरुको बिक्रि त्यहि ठाँउमा हुन नसके पनि अन्य वजारमा बिक्रि गर्न सकिन्छ ।

कतिपय ब्यवसायीहरुले यस्को आयोजकहरु गैरब्यबसायी भएकाले यसले गर्न खोजेको उद्देश्य के हो, के को लागि गर्दै छन्, देशको लागि हो कि आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र हो भन्ने पनि धारणाहरु आईरहेका छन् त्यस्ता किसिमका अभिब्यक्तिलाई के भन्नुहुन्छ ?
बास्तवमा यो मेलाको आयोजना गर्ने हाम्रो कम्पनि अमेरिकाको मेरिल्याण्ड राज्यमा दर्ता भएको छ । अमेरिकामा रहेका ब्यवसायीहरु बिभिन्न ब्यवसाय र अन्य पेसामा पनि संलग्न छन्,त्यसकारण म लगायत हाम्रा साथीहरु आ—आफ्नै पेसामा संलग्न छौँ । त्यो बीचमा एक आपसमा आईडियाहरु सेयर गर्दै कसरी यो प्रदर्शनीलाई अघि बढाउने भन्ने कुराहरु भैरहेकै हुन्छ र हामीले बाहिरी मान्छेले जुन दृष्ट्रिले यो मेलालाई हेरेका छन् त्यो होइन किनकि हामीले त आफ्नो फइदाका लागि नभई सिंगो देश नेपाललाई बिश्वसामु चिनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्नलागेकाहौं । अरुको भनाईको पछि लाग्ने हो भने त यत्तिको सोच बिकाश गर्नै सकिदैन ।
यो प्रदर्शनीको लागि तपाईहरुसंग जाने कतिपय ब्यवसायीहरुलाई तपाइहरुले अमेरीका तीरै राख्ने योजना छ भन्न्ो आरोप पनि लगाउन थालिएको छ नी ?
सबभन्दा पहिला जो मान्छेले तपाईलाई यि कुराहरु गर्नुभयो उहाँहरुलाई म यहाँ आउन आग्रह गर्छु । त्यसपछि त्यो कम्पनिको मान्छेहरुले थाहा पाउनु हुन्छ कि हामीले कसरी डिल गर्छौ भन्ने कुरा त्यसपछि उहाँ आफै ब्याक भएर जानुहुन्छ । त्यसैले मैले भन्न खोजेको यो हो कि हामीले कुनै पनि ब्यत्तिलाई ब्यक्तिगत रुपमा लैजाने सोच होईन, हामी सच्चा ब्यापारी सच्चा उद्यमीहरुको ब्यवसायलाई प्रबद्र्धन गर्न खोजिरहेका छौँ । उसै पनि निश्चित क्षेत्र भित्रको मानिसहरुलाई मात्रै कार्यक्रममा जाने अनुमति छ, जो कोहिले प्रबेश गर्नै मिल्दैन । हामी माथि लागेका आरोप भ्रम मात्रे हो त्यसमा कुनै आधार छैन ।
तीन सय कम्पनीका ब्यापारीलाई भिजा उपलब्ध गराउनको लागि आयोजक र अमेरीकी दुतावास बिच कस्तो कुरा भईरहेको छ ?

हामी नेपाल आउनुभन्दा पहिले नै हाम्रो कार्यक्रमको उद्देश्य के हो भन्ने बिषयमा एम्बेसी संग कुरा भैसकेको छ । एम्बेसीलाई चाहिने जति सबै कम्पनिको स्ट्याटस पनि बुझाईसकेका छौँ । कार्यक्रममा जानको लागि छोटो समयमा सात सय जनालाई भिजा दिन गाहे हुने भएकाले भिजा एप्लाई गर्ने काम पनि सुरु भैसकेको छ । यसको लागि कम्तीमा पनि ब्यवसायीहरु अन्तराष्ट्रिय क्षेत्रमा घुमफिर गरिरहने ,सानो तिनो ब्यवसायमा संलग्न भएकाहरु भए भने यो एम्बेसीबाट भिजा लिन गाहे पर्दैन । सम्पुर्ण प्रकियाहरु हामीले मिलाईसकेका छौँ ।

प्रबद्र्धकहरु पनि दिन प्रतिदिन बढ्दै गएका छन्, यसमा नेपाली ब्यवसायीहरु देखि लिएर अमेरिकामा भएका र अन्य राष्ट्रमा रहेका ब्यवसायीहरु पनि संगठित छन् भनिएको छ,राष्ट्रिय र अन्तराष्ट्रिय गरि कति कम्पनीले प्रबद्र्धककोरुपमा आबद्धता जनाएका छन् ?

नेपालको र अमेरिकाको सन्दर्भलाई फरक ढङ्ग बाट हेर्नुपर्छ, हाम्रो कम्पनि पनि अमेरिकामा भएकोले त्यहाँ थुप्रै किसिमका लोकल र अन्य राष्ट्रका कम्पनि पनि छन् । हाम्रो मुख्य टार्गेट भनेको नेपाल हो किन कि नेपालबाट तीन सय वटा कम्पनिले भाग लिदै छ, त्यसैले पनि हामी बढि नेपालमै केन्द्रित छौ । नेपाल उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स,हस्तकला महासंघ,नेपाल पर्यटन बोर्ड लगायत बाह्र वटा संघ संस्थाको आबद्धता भैसकेको छ । हामी जसरी अगाडी बढ्दै जान्छौ त्यसरी नै संस्था पनि मजबुत हुदै गएको छ ।

तपाई नेपालमा बसेर उत्साहजनक ढङ्गबाट यसको प्रचारमा जुट्नु भएको छ,अमेरिकामा  यस्को प्रचार प्रसार कसरी भैरहेको छ ?

नेपालका बिभिन्न संघ सँस्थाहरु अमेरिकामा पनि छन्, जस्तै जनजाति महासंघ , लाईन्स क्लब आदिहरुले हामीसंग ऐक्यबद्धता जनाएका छन् । साथै त्यहाको लोकल नेपाली पत्रिका, द न्युयोर्क टाईम्स र अन्य अन्तराष्ट्रियस्तर सञ्चार माध्यमहरुबाट पनि हामीले प्रचार प्रसार गरिरहेका छौ भने नेपाली समुदायले सञ्चालन गरेको ह्वाइट हिमालय टेलिभिजनमार्फत पनि प्रचार प्रसार गरिरहेका छौ । अन्य सरोकारवालाहरुसंग हामीले मिलेर काम गरिरहेका छौँ ।