नेपालमा प्रत्येक घर गाँउमा आँशुकबि छन् : ओलि

0
812

काठमाण्डौँ, ९ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीेको प्रत्येक घर, गाउँमा आँसुकवि भएको मुलुक बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौँ वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गर्नुभयो । उहाँले नपढेकाले पनि घाँस काट्दा काट्दै दोहोरी र गीत प्रस्तुत गर्न सक्ने नेपालीको सामथ्र्यको प्रशंसा गर्दै अबको कवितामा सामाजिकता, वैज्ञानिकता, मानवीयता र अन्तर्राष्ट्रियतासहित भाव र कला अभिव्यक्त भएर आउने विचार व्यक्त गर्नुभयो ।Rising Star jpg साहित्य क्षेत्रलाई सरकारबाट गर्नुपर्ने सहयोग रहने विश्वास दिलाउँदै उहाँले भन्नुभयो – “हामीलाई थाहा छ, कविता बारीमा मकै छरेजस्तो प्रतिफल दिने क्षेत्र होइन, यो तुरुन्तै उम्रँदैन । देखिने प्रतिफल नदेखिन पनि सक्छ तर हामीले लगानी गर्नुपर्छ ।” कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कलाकार तथा कर्मचारी सङ्गठनद्वारा सङ्कलित ‘मेरो धरहरा ः म बनाउँछु’ अभियानका लागि रु ४१ हजार रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कलाकारहरु सुक्मित गुरुङ, सुरेशराज आचार्य, रमेश अधिकारी, रेखा थापा गुरुङ र कर्मचारी सीता कार्कीलाई दीर्घ सेवा पदक ९२५ वर्ष० प्रदान गरिएको थियो । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलालगायतले महोत्सवको सफलताको कामना गर्नुभएको थियो । महोत्सवमा ३३३ कविले आवेदन दिएकामा ४५ लाई प्रतियोगीका रुपमा सहभागी गराइएको र २१ अतिथि कवि रहेको पद्य विभाग प्रमुख डा अमर गिरीले जानकारी दिनुभयो ।