चितवन, १० असार । स्थानीय शान्ति समिति चितवनमा द्वन्द्वकालमा पीडित भएको भन्दै ७८० जनाले उजुरी दर्ता गराएका छन् । जसमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७३६ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ४४ जनाको उजुरी परेका छन् ।
समितिकी सचिव लक्ष्मी गौतमका अनुसार अहिलेसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा २२० जना र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा ३१ जना महिलाले उजुरी दिएका छन् ।
जिल्लामा सरकारीले निश्चित गरेको तथ्याङ्कअनुसार द्वन्द्वकालमा ३३८ जना मारिएका छन् । जसमध्ये राज्य पक्षबाट १३७ जना र विद्रोहीबाट १५३ जना मारिएका छन् । त्यसैगरी बेपत्ता भएकाको सङ्ख्या ३८ जना छ । जसमा राज्य पक्षबाट ३६ जना, विद्रोही पक्षबाट एक जना र नखुलेको एक जना रहेका छन् ।