इन्डोनेसीया १० असार । पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० नाघेको छ ।बाढी र पहिरोमा परी अन्य ९ जना बेपत्ता हुनुका साथै २२ जना घाइते भएको प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । उद्धारकर्ताहरूले जारी राखेको उद्धारकार्यमा सयौँ व्यक्ति उद्धार भएका स्थानीय अधिकारीले समाचार एजेन्सीलाई जानकारी दिएका छन् ।प्रकोपमा परी जाभा प्रान्तको पुवोरेजो, बानजार्नेगारा, केबुमेन जिल्लाका बढी व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अधिकारीले जानकारी दिएका छन् । प्रकोपको कारण ३९५ जना गाउँलेलाई शरणार्थीस्थलमा लगिएकोबताइएको छ ।