जंगली च्याउ खाँदा गाउँ नै अस्पताल भर्ना

0
400

 नुवाकोट, १० असार ।  जंगली च्याउ खाँदा नुवाकोटको एउटा  गाउँका सबैस्थानियहरु  बिरामी परेका छन् । बिहीबार साँझ सामरी–६ मैबल गाउँका स्थानियहरु मिलेर जंगलबाट खोजेर ल्याएको विशालु च्याउ खाएपछि बिरामी परेका हुन् । बिरामी परेका ३१ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ भने विशाक्त च्याउको सेवनबाट गम्भिर भएका ६ जनालाई थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । ‘४/५ जना बुढाहरुले दिनभरी जंगलमा च्याउ खोजेर साँझपख च्याउ ल्याए र ८ घरले मिलेर बाँडीचुँडी पकाएर खायौँ, मैबलका स्थानिय युवा आइतमान तामाङले भने, ‘उहाँहरुले खान हुन्छ भनेपछि सबैले विश्वास लाग्यो, तर, खाएपछि एक्कासी बिरामी भयौँ अनि बान्ता आउने र बहुलाझैँ गाउँका सबै एकैचोटी बर्बराउन थाले ।’ बिरामी भएर अस्पताल भर्ना भएका स्थानियका अनुसार बेलुका ८ बजेको समयमा खानासँगै जंगली च्याउ पकाएर खाएका गाउँलेहरुले केही समयमै वान्ता गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र बर्बराउने जस्ता लक्षण देखाउन थालेका थिए । ‘तर, गाडी खोजेर समयमै अस्पताल आउन पाएका कारण बाँचिएला जस्तो छ । नत्र, उतै मरिने रहेछौँ, त्रिशूली अस्पतालमा उपचाररत रस्मिता तामाङले भनिन्  । रस्मिताका अनुसार गाउँका अन्य व्यक्तिहरुसँगै उनका हजुरबुबा कामी तामाङले पनि जंगलबाट च्याउ ल्याएर उनको ६ जनाको परिवारलाई खुवाएका थिए Rising Star jpg। च्याउको सेवनबाट बिरामी परेकामध्ये ८ जना बालबालिकाहरुसमेत छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ । च्याउ खाएर बिरामी भएकाहरुमा गर्भवती महिलासमेत विरामी परेका छन् ।  उपचारमा संलग्न चिकित्सकका अनुसार यसरी विशालु च्याउको सेवनले पेटमा रहेको शिशुलाईसमेत गम्भिर असर पु¥याउन सक्ने जाँचको क्रममा देखिएको जानकारी दिए । ‘च्याउ खानेबित्तिकै सबैले बान्ता गरेका थिए र हतार हतार अस्पताल ल्यायौँ, सामरीकी स्थानिय महिला रमिता तामाङले भनिन् । यस गाउँका स्थानियले प्रायःजसो जंंगलबाट ल्याएको च्याउ खाने गरेका थिए । तर, यसपटक भने गाउँलेहरु यसरी बिरामी परेको पहिलोपटकको घटना भएको गाउँलेहरु बताउँछन् । विशाक्त च्याउको असरले बिरामीहरु बर्बराउने, कराउने, हातगोडा फ्याँक्ने, असामान्य व्यवहार देखाउने र मानसिक रुपमा सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिएको बिरामीहरुको उपचारमा संलग्न चिकित्सक डा. किसन नेपालीले जानकारी दिए । ‘कतिपय च्याउमा अत्याधिक विषको असर हुन्छ र जसले ज्यानसमेत लिइदिन्छ, उनले भने , ‘यहाँ आएका सबैजसो विरामीहरुमा मसरुम ेइजनिङ र मसरुम टक्सिसिटी छ । उपचारपछि सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्छ ।’