सालुखुम्बुका बिभिन्न गा.बि.स पहिरोको उच्च जोखीममा

0
297

 सोलुखुम्बु्, १० असार ।  सोलुखुम्बुको १२ गाविस पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला दैविक प्रकोप समितिको तथ्याङक अनुसार जिल्लाका सबै क्षेत्र जोखिमयुक्त भएपनि १२ गाविस उच्च जोखीममा रहेको छ । उच्च जोखिमयुक्त गाविसमा वाकु, काँकु, बुङ, देउसा, भकान्जे, जुबु, नेचाबतासे, सल्यान, तिङला, सोताङ, मूक्ली र गुदेल रहेका छन् । यस्तै अन्य १३ मध्यम र १ नगरपालीका सहित ५ गाविस न्यून जोखीममा रहेको छ । Rising Star jpgजिल्ला दैविक प्रकोप समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी पंकज भूर्तेलका अनुसार मध्यम जोखिमयुक्त गाविसहरुमा बासा, छेस्काम, पञ्चन, काँगेल, नेले, पावै, टाक्सिन्दु, चौलाखर्क, लोखिम, चौरीखर्क, जुभिङ, नेचाबेतघारी र गोली रहेका छन् भने न्यून जोखिमयुक्त गाविसहरुमा केरुङ, खूम्जुङ, नाम्चे, टाप्टिङ, गोराखानी, र दुधकुण्ड नगरपालीका रहेका छन् । प्रकृतिक प्रकोप बाढी, पहिरो, डढेलो जस्ता जोखिमहरु रहेको सहायक प्रजिअ भूर्तेलले बताउनु भएको छ ।