धनकुटा, १२ असार । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले हिन्दूत्व जागरण अभियानका लागि धनकुटामा भएको कार्यक्रममा गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ. सनातनदेखि चलिआएका धर्मलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व भएको बताउँदै मन्त्री थापाले अहिले सङ्गठित रुपमा गाउँ\गाउँमा गएर पैसाको आडमा जबर्जस्ती धर्म परिवर्तन गराउने र धर्मको ब्यापार भइरहेको दाबी गर्नुभयो । उहाँले यस्तो प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।