चीन, १२ असार । यात्रामा गइरेहको बस विस्फोट भई आगलागी हुदाँ चीनको हुनान प्रान्तमा आइतबार बिहान कम्तीमा ३० व्यक्तिको मृत्युभएको छ । स्थानीय अधिकारीका अनुसार सो घटना आइतबार विहान १०:२० मा भएको हो र उक्त बसमा ५६ जना यात्रु सवार रहेका जनाएका छन् । तेल चुहावटका कारण बस आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएका २१ व्यक्तिलाई उचारार्थ अस्पताल लगिएको बताइएको छ । उद्धारकार्य अझै पनि जारी रहेको बताइएको छ ।