कोपा अमेरीकाको फाइनलमा हारे पछि मेस्सीले लिए संन्यास !

0
596

असार १३ काठमाण्डौ । कोपा अमेरीका कपको उपाधि आफ्नो कारणले गुमे पछि स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार बिहान भएको खेलमा निर्धारीत ९० मिनेट र त्यस पछि थपिएको ३० मिनेटमा पनि गोल हुन नसेकपछि पेनाल्टी सुट आउटमा मेस्सीको पहिलो प्रहार नै असफल भएको थियो । अब उनले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने छैनन् । यद्यपि उनले आफ्नो क्लब बार्सिलोनाका लागि भने खेल जारी राख्ने बताएका छन् ।Rising Star jpg
कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई चिलीले हराएपछि मेसीले सन्यासको घोषणा गरेका हुन् । चिलीले अर्जेन्टिनालाई पेनाल्टी सूटआउटमा ४–२ गोलले पराजित गरेको हो । मेसीले प्रतियोगितापछि भने–राष्ट्रिय टिमका लागि खेल्नु अब मेरा लागि पुग्यो, मैले जति गर्न सक्थेँ गरेँ । च्याम्पियन नहुनु दुखद हो । अघिल्लो वर्ष पनि चिलीले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेर च्याम्पियन बनेको थियो । पहिलो पेनाल्टी दुवै टिमले मिस गरेका थिए ।