लगातार बर्षासगैँ नारायणघाट सडकखन्ड फेरी ठप्प

0
799

चितवन, १३ असार ।  लगातारको बर्षाको कारण  मुग्लिन नारायणघाट सडक खण्डमा पहिरो खस्दा आज पनि बाटो अबरुद्ध भएको छ । जसका कारण यात्रुहरुलाई सास्ती भएको छ । बर्षा लागेसँगै दिनहुँ पहिरो खस्दा झन समस्या भएको छ । आज फेरि गएरातीबाट सडक अवरुद्ध हुँदा सयौ यात्रु अलपत्र परेका छन् ।Rising Star jpg गएरातीको परेको ठूलो पानीका कारण कालीखोला भन्ने ठाउँमा पहिरो जाँदा बाटो बन्द भएको छ । माटो फाल्दै १०/ १५ मिनेटमा चारपाँच वटा गाडी पास गरिरहेको तर बाटो पुरै खुलाउन समस्या भएको चितवन प्रहरीले सीआईएनलाई जानकारी दिएको छ । राति एकतर्फी बाटो खुलाएपनि फेरि बाटो खुलेको २ घण्टामा पहिरो खसेको थियो ।  लगातार बाटो अवरुद्ध हुन थालेपछि वैकल्पिक बाटोका रुपमा प्रहरीले छलफल गर्दैछ ।