कृषिको बिकाश बिना मुलुकको बिकाश असम्भव : नेतृ कोईराला

0
527

काठमाडौँ, १५ असार । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको कृषि क्षेत्रको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका नेता आनन्द त्रिपाठीको संयोजकत्वमा नेविसङ्घ विश्वभाषा इकाइ समितिले आज आयोजना गरेको दहीच्यूरा खाने कार्यक्रममा बोल्दै नेत्री कोइरालाले युवा विकासका लागि सशक्त हुन आवश्यक रहेको बताउनुभयो ।Rising Star jpg उहाँले भन्नुभयो, “हामी सबै किसानका छोराछोरी हौँ, कृषिलाई आधुनिकीकरण गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ । ”उहाँले युवालाई विदेश पलायन हुने बाटोबाट रोकेर कृषि क्षेत्रमा लागेमात्र मुलुक विकास हुने बताउनुभयो । “युवाहरु पार्टीको सङ्गठनमा लागेर गुठबन्दी गर्नुभन्दा आफ्नो व्यक्तित्व विकासमा लाग्नु पर्दछ”, कोइरालाले भन्नुभयो ।