आतङ्कवादी हमलाप्रति एमालेको घोर निन्दा

0
539

 काठमाडौँ, १५ असार ।  टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणमा परी ३६ जनाभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त आतङ्कवादी हमलाकोे पार्टीले घोर निन्दा तथा भत्र्सना गरिएको छ ।Rising Star jpg विज्ञप्तिमा भनिएको छ, “आतङ्कवादी हमलाको पार्टीले घोर निन्दा गर्दछ, अतिवादी हमलाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।” विश्वका कुनै पनि भू–भागमा हुने आतङ्कवादी क्रियाकलाप तथा अतिवादी विचारप्रति पार्टीले गम्भीर असहमति व्यक्त गर्दै कुनै पनि अमानवीय हर्कतको एमालेले निन्दा गर्दछ विज्ञप्तिमा भनिएको छ । पछिल्ला दिनमा विश्वमा बढ्दै गएको आतङ्कवादी गतिविधि तथा अतिवादी विचारप्रति चिन्ता व्यक्त गर्दै मानव जातिको हित तथा विश्व शान्तिका लागि ठोस पहल गर्न पार्टीले सबैमा अपिल गरेको छ ।