पश्चिमाञ्चलमा मानवअधिकारको अवस्था नाजुक ।

0
378

पोखरा, १६ असार । सन् २०१६ को पहिलो ६ महिनामा मानवअधिकार उल्लङ्घनबाट पश्चिमाञ्चल विकास क्षेत्रमा २२० जना पीडित भएको तथ्याङक सार्वजनिक भएको छ ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले सार्वजनिक गरेको मानवअधिकार उल्लङ्घन र ज्यादती घटना सम्बन्धी प्रतिवेदनमा महिला र बालबालिका उच्च जोखिममा रहेको देखाएको छ ।Rising Star jpg

यस ६ महिनाको अवधिमा २० जना नागरिकको हत्यासमेत भएको छ जसमध्ये सात महिला र १३ जना पुरुषको हत्या भएको तथ्याङकले देखाएको छ ।

सो अवधिमा ११२ महिला र ७० जना बालबालिका हिंसाबाट पीडित भएका छन् । सातजना नागरिक जातीय भेदभावबाट पीडित भएको पनि इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
मानव अधिकार उल्लंघनका घटना बढ्दै जानुमा राज्यका निकायको काम प्रभावकारी नभएको पनि इनसेकद्धारा जारी प्रतिबेदनमा उल्लेख गरिएको छ ।