गोरखा, १६ असार । उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले पहिरोको कारण गाउँ छाडेका छन् ।
गाउँमाथिको रानीवन डाँडाबाट निरन्तर पहिरो झरेपछि गाउँलेहरु बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गल बस्न बाध्य भएका छन् । गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले केरौँजा–४ को पूरै बस्ती बगाएको थियो । गाउँबाट विस्थापित भएका १३७ घरधुरीका गाउँले वडा नं १ को जग्गामा टहरो बनाएर बस्दै आएका थिए ।
बुधबार झरेको पहिरोले केरौँजास्थित नेपाली सेनाले हालै निर्माण गरेको अस्थायी सामूहिक आवासमा पनि क्षति पुगेको छ । पहिरोले क्षति पु¥याएको केरौँजा र उहिया गाविसको खोर्लाबेसीको स्थलगत अवलोकन गरेर सदरमुकाम फर्किनुभएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पहिरोको उच्च जोखिममा रहेका गाउँ सुरक्षित स्थानमा सार्नुपर्ने बताउनुभयो ।
पहिरोले केरौँजा, उहियाका साथै लापु, मान्वु, काशीगाउँलगायत उत्तरी भेगका विभिन्न गाविसमा रहेका भूकम्पपीडितका टहरामा क्षति पु¥याएको छ । सरकारले ७२ बैशाख १२ को बिनासकारी भूकम्पले पुर्याएको क्षतिको भौगर्भिक अध्यायन गर्ने भने भने पनि गोरखाका अधिकांश स्थानमा भूगर्भबिद्हरु पुगेका छैनन् । जसकोकारण असुरक्ष्ँित स्थानमा पनि मावनबस्ती बसरीरहेको छ ।