यु के इयुबाट अलग हुने निर्णयले विश्व अर्थतन्त्र चलायमान : ओबामा

0
595

असार १६ काठमाण्डौ एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले युरोपेली संघ इयुबाट अलग हुने ब्रिटेनको निर्णयले विश्व अर्थतन्त्रको वृद्धिमा दिर्घकालीन असर पर्ने चिन्ताह देखिएको बताएका छन्।
क्यानेडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इयुबाट बाहिरिएपछि ब्रिटेन र बाँकी युरोपमा आर्थिक वृद्धि र लगानीको अवसरमा क्षति पुग्न सक्ने टिप्पणी गरे।
ब्रिटेनका सूत्रहरुले इयुबाट बहिर्गमनसम्बन्धी वार्ताहरु सम्पन्न हुन पाँच वर्षसम्म लाग्न सक्ने जनाएका छन्।
जनमतसंग्रहको परिणामले विश्वव्यापी अर्थ बजार तथा युरोपको राजनीतिमा तंरग उत्पन्न गराएको छ।Rising Star jpg

क्यानेडा तथा मेक्सिकोका शीर्ष नेताहरुसँगको सम्मेलनका क्रममा ओटावामा बोल्दै राष्ट्रपति ओबामाले ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरन तथा अन्य युरोपेली नेताहरुलाई ब्रिटेनको इयु बहिर्गमन क्रमबद्ध ढंङ्गले अघि बढाउन आह्वान गरे।
उनले भने, “मेरो मुख्य सन्देश डेभिड क्यामरन ऐङ्गेला मर्केल र अन्य सबैलाई आरामले बसेर योजना बनाउनुस, क्रमबद्ध एवं पारदर्शी प्रक्रिया निर्धारण गरी मानिसहरुलाई त्यसबारे जानकारी दिनुस अनि सबैले अपनत्व महसुस गर्ने गरी अघि बढ्नुस भन्ने हो।”
ओबामाले इयुबाट अलग हुनुपर्ने अडान लिएका ब्रिटेनका नेताहरुले युरोपेली एकल बजारमा पहुँच हुने धारणा राखिरहेको तर त्यसका लागि कुनै दायित्व बोक्न भने तयार नरहेको टिप्पणी गरेका छन्।

यता ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनका कार्यालयका सूत्रहरुले बीबीसीलाई भनेका छन् युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ताहरु सम्पन्न हुन पाँच वर्षसम्म लाग्न सक्छ।
उनीहरुले ब्रिटेन र इयुबीच चार दशक पुराना सम्झौताहरुलाई नयाँले प्रतिस्थापन गर्ने प्रकिया लामो हुने धारणा राखेका छन्।
ब्रिटेन सरकारले फ्रान्सले ती वार्ताहरु देशभित्र रहेका इयु विरोधी अभियानकर्ताहरुलाई युरोपेली संघबाट बाहिरिनुको कुनै भविष्य नरहेको सन्देश दिन निक्कै कठिन बनाउन सक्ने ठानेको छ।

यसैबीच राजीनामाको दवाव खेपिरहेका ब्रिटेनको विपक्षी दलका नेता जेरेमी कोर्विनलाई लेबर पार्टीको नेतृत्व सम्हाल्न सांसद एन्जेला इगलले चुनौती दिने बीबीसीले जानकारी पाएको छ।
आज यसको घोषणा हुने अपेक्षा गरिएको छ।