जुवा ( दक्षिण सुडान), १५ असार । दक्षिण सुडानको विकट गाउँ मोरटौरी इलाकामा सरकारी सेना र नवगठित विद्रोही समूहबीच भएको झडपमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ। वाउ सहरस्थित कारिटस डिओसिसका मानवीय सहयोग संयोजक मोसेस पिटरका अनुसार बुधबार ५० जनाको शव आफूले देखेको बताएका छन्। झडप भएको इलाका वरपर मृत शरीरबाट दुर्गन्ध फैलिन सुरु गरेको बताउँदै सो स्थानमा थप मानिसको पनि हताहती भएको हुनसक्ने पिटरले बताए । झडपपछि हजारौँ मानिस चर्च परिसर, मानवीय सहायता समूह रहेका स्थान तथा स्थानीय राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ राखिएका शिविरमा शरण लिइ बसेका बताइएको छ दक्षिण सरकारले सुडानको गृहयुद्ध अन्त्य गर्न विद्रोही समूहसँग शान्ति वार्ता सुरु गरेपछि टुक्रिएर बनेको नयाँ समूहले सङ्गठन विस्तार गरी सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि भएको झडपमा ठूलो सङ्ख्यामा विद्रोही पक्षका लडाकूको मृत्यु भएको बताएको छ ।