समयसिमा भित्र  संविधान कार्यान्वयन हुन नसके राजनीतिक दुघर्टना हुन सक्छ : दाहाल ।

0
307

 बाँके, १६ असार ।   आज बाँकेको नेपालगन्जमा पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदीका छोरा अच्युतराज सुवेदीको प्रथम बार्षिकी तथा स्मृति पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ माघ ७ गतेभित्र संविधान कार्यान्वयन गर्ने परिस्थिति बनेन भने देशमा ठुलो राजनीतिक दुघर्टना हुने खतरा रहेको बताउनुभएको छ ।Rising Star jpg अध्यक्ष प्रण्चडले समयसिमा भित्र नयाँ संविधान कार्यान्वयन हुन सकेन भने नेपालमा फेरी ठुलो राजनीतिक दुघर्टना निम्तन सक्ने बताउनुभयो । अहिले केही व्यक्ति र केही शक्तिहरु देशलाई विखण्डन गर्नतिर लागेको भन्दै अध्यक्ष प्रचण्डले देशलाई दुघर्टनाबाट बचाउन सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको आवश्यक रहेको बताउनुभयो । देश गम्भिर स्थितिमा रहेको बताउँदै उहाँले  त्यसलाई निकास दिन सबै राजनीतिक दल एकठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले काँग्रेस, एमाले जुनसुकै दलको नेतृत्वमा राष्ट्रिय सरकार बनेपनि माओवादीलाई मान्य हुने बताउनुभयो  । अच्युतको गत बर्षको भुम्कपमा परी उपचारका क्रममा जेठ २९ गते भारतमा मृत्यु भएको थियो । कायक्रममा  प्रस्तावित अच्युतराज सुवेदी प्रतिष्ठान नेपालले प्रकाशित गरेको  अनुभूतिमा अच्यूतराज सुवेदी पुस्तकको अध्यक्ष प्रचण्डले विमोचन समेत गर्नुभएको थियो ।